जापानमा सय वर्ष बढी बाच्ने मानिसको संख्या ७१ हजार

Agency

जापानमा एक सयभन्दा बढी उमेरसम्म बाच्ने मानिसको जनसंख्या ७१ हजार पुगेको छ। जापानमा घट्दो जन्मदर र बुढाबुढीहरूको संख्यामा भइरहेको बृद्धि चिन्ताजनक बनेको सरकारी तथ्यांकले जनाएको छ। जापान सरकारले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार देशको कूल जनसंख्या १२ करोड ६७ लाख रहेको छ।

जसमा ढँल्कदो उमेरका पुरुषको तुलनामा महिलाको जनसंख्या अधिक रहेको बताइएको छ। तथ्यांकअनुसार एक सयभन्दा बढी उमेर समूहमा ७१ हजार २ सय ३८ जना महिला छन्, जुन ८८ प्रतिशत हो। 

दक्षिण एसियाकै पहिलो महिला टेम्पो ड्राईभर, जो अहिले मुलुककै सफल व्यवसायी भइन् (भिडियोसहित)

पुरुषको तुलनामा महिलाहरू सबैभन्दा धेरै किन बाच्छन्? यसको वैज्ञानिक निस्कर्ष निकालिएको छैन। जापानमा पछिल्लो ३० वर्षमा सय वर्ष पुरा गर्ने मानिसको जनसंख्या २३ प्रतिशतले बढेको हो। फुकुओका निवासी काने तनाका जापानकी सबैभन्दा बृद्ध व्यक्ति बन्न सफल भएकी छिन्। उनको उमेर १ सय १६ वर्ष छ। उनी १९०३ को जनवरीमा जन्मिएकी थिइन।

यस्तै पुरुषतर्फ जोइत्सु निगाता प्रान्तका चित्सु वतनबे सबैभन्दा बृद्ध व्यक्ति बन्न सफल भएका छन्। उनको उमेर १ सय १२ वर्ष बताइएको छ।

राजधानी टोकियोमा सय वर्ष पुरा गरेका ६ हजार ५९, कनागावा प्रान्तमा ३ हजार ९ सय ३३ र ओसाका प्रान्तमा ३ हजार ६ सय ४८ व्यक्ति बसोबास गर्ने गर्छन।

 

प्रकाशित मिति: : 2019-09-14 15:24:23

प्रतिकृया दिनुहोस्