भारतीय नागरिकबाट अपहरणमा परेकी ५ वर्षीय बालिकाको रुपन्देही प्रहरीले आज सकुशल उद्धार गरेको छ । प्रहरीले बालिका अपहरण गर्ने भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ मा मासु पसल सञ्चालन गर्दै आएकाबाट ५ वर्षीया रुपन्देहीको रोहीणी–२ स्थित बैकुण्ठपुर घर भई भैरहवामा मासु पसल सञ्चालन गर्दै आएका असफाक अहमद खान की ५ वर्षीया छोरी घरको आगनमा खेल्दै गरेको अवस्थामा आज बिहान अपहरणमा परेकी थिइन् ।
अपहरणकारी भारत घर भई हाल रुपन्देही कोटियहवाका २३ वर्षीय मनिस निगमलाई रोहिणी जंगलबाट बालिकाको मुख थुनेर बोल्न नदिएको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए ।
प्रहरीका अनुसार आफ्नो आँगनको घरमा खेलिरहेको बेला निगमले बालिकालाई फकाएर घरनजिकैको ३०० मिटर दुरीमा रहेको जंगलमा लगेका थिए । निगम विगत १ वर्षदेखि नेपालमा पेन्टिङको काम गर्दै आएका थिए ।
शुक्रबार बिहान ८ः३० बजेदेखि १० बजेसम्म पनि परिवारले छोरीलाई नदेखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अपहरणकारीको खोजी गर्दै जाँदा घर नजिकैको रोहिणी जंगलमा नाबालिकाको मुख थुनेर लुकेर बसेको संकेत पाएपछि त्यसकै आधारमा खोजी गरिएको डीएसपी भण्डारीले बताए ।
‘हामीले जसरी पनि बालिका सुरक्षित उद्धार गर्ने रणनीति साथ सुरक्षा योजना बनाएर खोजी गरेका थियौं,’ उनले भने, ‘त्यही अनुसार सफल पनि भयौं ।’
प्रहरीका अनुसार निगमले बालिका अपहरण गर्नुको कारण नखुलेको र प्रहरीको बयानमा पनि केही बताएका छैनन् । यसअघि बालिकाको परिवार र निगमको चिनजान समेत नरहेको पाइएको छ ।
अपहरणकारीले बालिकालाई जङ्गलमा मुख थुनी नियन्त्रणमा राखेको अवस्थामा प्रहरीले बालिकाको उद्धारसँगै अपहरणकारी जिल्ला महराजगञ्ज थाना निच्लल ग्राम मिठौराबजार भारत घर भई हाल जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका–७ कोटिहवामा डेरा गरी बस्दै आएका पेन्टरको काम गर्ने २३ वर्षीय मनिष निगमलाई नियन्त्रण गरेको प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिए।
पक्राउ परेका निगमलाई थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।