भारतको राजधानी नयाँ दिल्लीस्थित रेलवे स्टेशनको प्लेट फर्ममा शुक्रबार दिउँसो अचानक आगो लागेको छ।
भारतीय सञ्चार माध्यम एनएनआईका अनुसार आगो चन्डीगढ–कुचुवली एक्सप्रेस ट्रेनको रेयर पावर कारमा लागेको थियो, जुन प्लेट फर्ममा उभिएको थियो।
याे पनि: भारतले यसरी कब्जा गर्यो- कालापानीका तीन नेपाली गाउँ
सूचना पाएलगत्तै चार वटा दमकल आगो निभाउन घटनास्थलमा पुगेको बताइएको छ। रेलमा यात्रा गरिरहेका यात्रुहरूलाई सुरक्षित रुपमा तुरुन्त बाहिर निकालिएको थियो।
आगो लागेको पावर कारलाई छुट्टयाएर हजरत निजामुद्धिनमा लगिएको थियो। आगोको घटनाले कसैलाई हानी नोक्सानी नभएको बताइएको छ।