पर्यटनमन्त्री भट्टराईद्वारा देवघाटधामको अवलोकन

तस्वीर: कृष्ण न्यौपाने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज देवघाटधामको स्थलगत अवलोकन गरेका छन्। उनले देवघाटधामको अवलोकनसँगै निर्देशनसमेत दिएका छन्।

मन्त्री भट्टराईले देवघाटको विकासमा मन्त्रालय प्रतिबद्ध रहेको बताए। उनले भने, “स्थानीय तह, प्रदेश सरकार र मन्त्रालयको समन्वयमा देवघाटको विकास गर्नुपर्छ, मन्त्रालयका तर्फबाट सक्दो सहयोग हुन्छ।” उनले छिट्टै स्थानीय तह, प्रदेश सरकार र मन्त्रालयबीच देवघाटको विकासका लागि छलफल आयोजना गरिने बताए।

सो अवसरमा देवघाटको अवस्था र समस्याका बारेमा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले मन्त्री भट्टराईलाई जानकारी गराए। उनले बजेट अभावमा गुरुयोजनाअनुसार काम गर्न समस्या भएको बताए। देवघाटको विकास गठन आदेशबाट मात्र सम्भव नहुने भन्दै छुट्टै ऐनको व्यवस्था गर्न उनले माग गरे।

मन्त्री भट्टराईले देवघाटमा निर्माणाधीन रहेको शवदाह गृहको समेत निरीक्षण गर्नुभएको थियो । उहाँले गलेश्वर आश्रममा सामूहिक भोजन ग्रहण गर्नुभएको थियो ।

प्रकाशित मिति: : 2019-09-04 19:17:23

प्रतिकृया दिनुहोस्