इन्द्रजात्राको तयारी, भक्तपुरकाे ताथलीवाट ल्याइयो ३२ हाते लिंगो (भिडियाे सहित )

तस्बिरः बिएल

काठमाडौंमा मनाइने प्रसिद्ध एतिहासिक इन्द्रजात्राको लागि भक्तपुर ताथलीको ल्योसिंगुवाट लिंगो ल्याएको छ।

स्थानिय न्हेम्हफुकी थरका नेवार समुदायले सोमबार विधिवत बलि सहितको पूजाआजा गरि ३२ हाते लिंगो ताथलीको जंगलवाट स्थनियहरुले नै तानेर ल्याएका हुन। आइतवार हनुमान ढोकामा साइत जुराएर सरकारी गुरुजुको पल्टनका टोलीसहित इन्द्रजात्राका लागि लिंगो ल्याउन भक्तपुरको ताथली पुगेका थिए।

टोलीले सलामी दिएपछि भने विधिवन बली पुजा गरि लिंगो काट्ने प्रचलन छ। सरकारले लिंगो ल्याउन प्रत्येक बर्ष २ लाख रुपैयामा स्थानियहरुलाई .ठेक्का दिने गरेको छ।

सोमबार ताथलीवाट तानेर ल्याएको लिंगो च्याम्हसिंह, जगाती हुदै अरनिको राजमार्गको ६ लाइन वाटो हुदै मंगलबार काठमाडौं काठमाडौको भोटाहिटी टोलसम्म पुर्याइदिनुपर्ने स्थानीयको भनाई छ। भोटाहिटीवाट लिंगोलाई काठमाडौका मानन्धर समुदायले वसन्तपुर लगी ईन्द्रजात्रामा इन्द्रधोजा सहित लिंगो ठडाउने परम्परा छ। यस बर्षको ईन्द्रजात्रा भदौ २७ गते मनाइदै छ।

 

 

प्रकाशित मिति: : 2019-09-02 18:56:58

प्रतिकृया दिनुहोस्