 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                मन्दिरा अधिकारी
 
                                ६ दशकअघिको काठमाडौँ कस्तो थियो होला? काठमाडाैंका सर्वसाधारण कस्ता थिए होलान्? उनीहरूको लवाइखवाइ कस्तो थियो होला? भेषभूषा कस्तो थियो होला? गरगहना कस्तो लगाउँथे होलान्? एकपटक सोच्नुस् त?
पहिलेको काठमाडौँ अहिले जस्तो थिएन। यहाँ प्रशस्त खेतीयोग्य जमिन थिए। बस्ती बाक्लो थिएन। वरपर डाँडैडाँडाले घेरिएकाे बीच भागकाे बस्तीमा सीमित घरहरु र थोरै मानिसहरू थिए। धुवाँ–धुलो थिएन। सडकमा मोटरसाइकल गुड्दैनथे। केबल कुल–घराना र कूटनीतिज्ञ वर्गका दुई/चार सय कार मात्र चल्थे। अहिलेको जस्तो सवारीसाधन त लगभग थिएन नै भन्दा हुन्छ। त्यसैले हो–हल्ला थिएन। त्यसैले कुनै स्वर्गभन्दा कम थिएन उहिलेको काठमाडौँ।
वि.सं. २०२३ सालमा ललितपुरको पाटनमा जन्मिएका उदयमान ताम्राकारलाई बाल्यकालमा खर्पनमा बसेर काठमाडौंसम्मको यात्रा सुरु गरेको सम्झना छ। खर्पनपछि लहरी, ट्रली बस, मोटर र मोटरसाइकल हुँदै विभिन्न ठाउँको यात्रा गरेको याद छ।
परिवार तामा तथा पित्तलको व्यवसायमा आवद्ध थिए। त्यसैले उनी बुबासँगै ललितपुर र काठमाडौँ गरिरहन्थे। दुई दिदी र एक दाजुका साथमा हुर्किँएका उदयमानकाे सबेरै उठेर नित्यकर्म सक्नु र दाजुदिदीकाे हात समाउँदै कहिले ललितपुर त कहिले काठमाडौँ कुद्नु बाल्यकालकाे दैनिकी नै थियो
काठमाडौँका गल्लीहरु कुदेको र बाग्मतीमा पौडी खेलेको यादहरू उनको मानसपटलमा अझै ताजै छन्। उतिबेलाकाे काठमाडाैँका नदीहरू स्वच्छ रहेकाे र पानी पनि पिउन याेग्य रहेकाे बताउँदै उनी अहिलेकाे काठमाडाैँ रूप नै फेरिएकाे बताउँछन्।
 ‘अहिलेको जस्तो थिएन पहिला काठमाडौँ। हरियालीले भरिपूर्ण थियो त्योबेलाको काठमाडौं। चारैतिर पहाडै पहाडले घेरिएको सुन्दर बस्ती थियो। त्यसमाथि कलकल बग्ने बाग्मती नदी। बाग्मती, विष्णुमती नदीमा मानिसहरु लुगा धुने, नुहाउने, पौडी खेल्ने, माछा मार्ने गर्थे। त्यसबेला पशुपति मन्दिर अगाडि बग्ने बाग्मती नदीमा मानिसहरु पूजा गर्दै स्नान गर्थे। मानिसहरु पौडी खेल्दै नदी वारपार गर्थे’, उनी सुनाउँदै भन्छन्, ‘हाम्रो घरका पनि सबै जना बिहानै बाग्मतीमा नुहाउन जान्थौँ। दाजु र म भने स्कुल जाने समय नभएसम्म पौडी खेलेर बस्थौँ। तर अचेल ती नदीमा वरपर हिँड्दा समेत नाक थुनेर हिँड्नुपर्छ।’
‘अहिलेको जस्तो थिएन पहिला काठमाडौँ। हरियालीले भरिपूर्ण थियो त्योबेलाको काठमाडौं। चारैतिर पहाडै पहाडले घेरिएको सुन्दर बस्ती थियो। त्यसमाथि कलकल बग्ने बाग्मती नदी। बाग्मती, विष्णुमती नदीमा मानिसहरु लुगा धुने, नुहाउने, पौडी खेल्ने, माछा मार्ने गर्थे। त्यसबेला पशुपति मन्दिर अगाडि बग्ने बाग्मती नदीमा मानिसहरु पूजा गर्दै स्नान गर्थे। मानिसहरु पौडी खेल्दै नदी वारपार गर्थे’, उनी सुनाउँदै भन्छन्, ‘हाम्रो घरका पनि सबै जना बिहानै बाग्मतीमा नुहाउन जान्थौँ। दाजु र म भने स्कुल जाने समय नभएसम्म पौडी खेलेर बस्थौँ। तर अचेल ती नदीमा वरपर हिँड्दा समेत नाक थुनेर हिँड्नुपर्छ।’
उनलाई हिजोझैँ लाग्छ, काठमाडौँका गल्ली–गल्ली कुदेको। दाजुको काधँमा चढ्दै बजार डुलेको। ‘घरको सबैभन्दा सानो भएर होला सबैले माया गर्नुहुन्थो। दाजुले माया गरेर काँधमा राखेर काठमाडौँका बजार डुलाउनुहुन्थो’, उनले भने, ‘म पनि खुसी हुँदै दाजुको काँधमा चढेर बजार डुल्थेँ।’
उदयमान पहिलाकाे काठमाडौँमा नेवारी शैलीबाहेकका अन्य घरहरु नभएका बताउँछन्। ‘उपत्यकामा जन्मिएर हो कि यहाँबाट बाहिर नगएर हो, मैले नेवारी शैलीबाहेकका अन्य भवन त्यो समयमा देखिनँ। बाहिर जिल्लाबाट आएका मानिसहरुको पनि पुरानो शैलीमा बनाइएका घरहरु थिए। कहीँकतै एक/दुई ठाउँमा अग्लो घरहरू थिए। यहाँका बासिन्दाको आफ्नै खाले जीवनशैली थियो। जुन बस्ती पुग्यो, त्यहाँको मौलिक बास्नाले मन भरिन्थ्यो’, उनी सुनाउँछन्, ‘अधिकांश नेवारको घरअघि सुकुल बिछ्याइएको हुन्थ्यो। स्वयम्भू र बौद्ध स्तुपा क्षेत्र वरपर भने सानातिना छिटपुट घरहरु थिए। तामाङ र केही तिब्बतीयन बसोबास गर्थे।’
उनले थपे, ‘अहिले हेर्यो भने बाफ् रे बाफ्! न केही भनी साध्य छ, न देखाएर साध्य छ। त्योबेलाको काठमाडौँको अवस्था त असनतिर गए मात्रै देखिन्छ। तर, त्यो पनि पहिलोको जस्तो अवस्थामा छैन।’
उदयलाई सम्झना भएसम्म काठमाडौँको एउटा कुनाबाट हेर्यो भने चारैतिर देखिन्थ्यो। बुबासँगै काठमाडौँ आएका बेला उनी कुदेर बाैद्ध पुग्थे र काठमाडौँलाई नियाल्न थाल्थे। मानिसहरु आ–आफ्नै पोशाकमा सजिँदै मेलापात गर्न जाने गरेकाे उनी देख्थे। दिनभर खेतमा काम गर्ने र साँझपख रमाइलो गर्न साथीभाइ जम्मा हुन्थे।
त्यतिबेलाकाे समयमा काठमाडाैँकाे खेतमा धानका बाला झुल्दा, फुल्नै लागेका कोदो र पहेलँपुर हुने गरी फुलेका सयपत्रीले दशैँ आउन लागेको उनलाई भान हुन्थ्याे।
‘खेतमा लगाइएको धानका बालाहरु आली नै छुने गरी लहलहाउँथ्याे। बारीमा फुल्ने बेला भएको कोदो हुन्थो अनि बाटोभरि पहेँलै भएर सयपत्री फुल्थे। अनि म दशैँ आएको थाहा पाउँथेँ’, उनी सम्झिन्छन्, ‘छुटै समय थियो त्यो, सम्झिँदा पनि पहिलाकै समयमा पुगुजस्तो लाग्छ।’
उदयका अनुसार आजभन्दा ५० वर्षअघि नेपाली रुपैयाँ धेरै महङ्गो थियो। उदयले जम्मा दश पैसामा जेरी, स्वारी, खाना र हातभरि टन्न हुने गरि चक्लेट खाएका छन्।
‘त्यो समयमा पैसाको मोल धेरै थियो। थोरै पैसामा पनि धेरै सामान किन्न पाइन्थो’, उनी विगत सुनाउँदै भन्छन्, ‘दश पैसामा टन्न हुने गरी दुई जनाले खाना खान्थौँ। जेरी, स्वारी समेत खान्थौँ, यति त यति हातभरि हुने गरी चक्लेटसमेत खान्थौँ। तर, अहिले नेपाली रुपैयाँ धेरै कमजोर भएका छन्। एक रुपैयाँमा आउने भनेको एउटा चक्लेट मात्र हो।’
 काठमाडौंको भौतिक, राजनीतिक र सामाजिक परिवर्तनसँगै यहाँका मानिसको स्वभावमा समेत थुप्रै परिवर्तन आएको उनको भनाइ छ। उतिबेला घरको छानामा झिँगटी हाल्दा सम्पन्न देखिने राजधानी यतिबेला घरका भित्तामा मार्बल सजाउने अवस्थामा आइपुगेको उनी बताउँछन्।
काठमाडौंको भौतिक, राजनीतिक र सामाजिक परिवर्तनसँगै यहाँका मानिसको स्वभावमा समेत थुप्रै परिवर्तन आएको उनको भनाइ छ। उतिबेला घरको छानामा झिँगटी हाल्दा सम्पन्न देखिने राजधानी यतिबेला घरका भित्तामा मार्बल सजाउने अवस्थामा आइपुगेको उनी बताउँछन्।
बाल्यकाल चराचुरूङ्गीकाे चिरबिराहटमा बिताएकाे उनलाई अहिलकाे काेलाहल सहर देखेर दिक्क लाग्छ। ‘उतिबेला कोइलीको कुहु–कुहु सुनिने काठमाडौँ अहिले चराविहीन जस्तै बन्दै गएको छ’, उनी भन्छन्, ‘अब त चराको चिरबिराहट नै सुनिन छाड्यो। पहिले जंगलै जंगलको काठमाडौँ अहिले कंक्रिट नै कंक्रिटको काठमाडौँ बनेको छ।’
२०४६ सालपछि काठमाडौँमा तीव्र परिवर्तन आएको उनको बुझाइ छ। काठमाडाैँ उपत्यकामा नै जन्मिएर उमेरले ६ दशक पुग्न लागेका उनलाई पहिलाकै काठमाडौँ प्यारो लाग्छ। भन्छन्, ‘हामी समयको गतिमा हिँड्नपर्छ, नत्र पछि परिन्छ। तर मलाई पछि फर्किएर उही काठमाडौँमा जान मन छ।’

 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया