बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको बैठकमा महामन्त्री गगन थापा उपस्थित नभएका हुन्।
जेन–जी आन्दोलनपछि सभापति शेरबहादुर देउवाले पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्। आगामी मंसिरमा महाधिवेशन गर्ने गगन पक्षको माग र फागुन २१ गतेको निर्वाचनपछि महाधिवेशन गर्ने संस्थापन पक्षको अडानले कांग्रेसभित्रको विवाद उत्कर्षमा पुगेको छ।
आजको बैठक अघि कार्यवाहक सभापति खड्काले दुवै महामन्त्रीसँग फोन सम्पर्क गरेर बैठकबारे छलफल गरेका थिए। महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले मङ्सिरमा गर्ने गरी महाधिवेशनको कार्यतालिका ल्याउन प्रस्ताव गरेका थिए।
महामन्त्रीद्वयको प्रस्ताव खड्काले ठाडै अस्वीकार गरेपछि महामन्त्री थापाले बैठक नै बहिष्कार गरेको एक केन्द्रीय सदस्यले भने। नेताहरूका अनुसार थापाले अघोषित रुपमा बैठक बहिष्कार गरेका हुन्।
नेताहरूले गगनलाई बैठकमा खोजीनीति गर्दा कतै फेला नपारेको बताएका छन्।
महामन्त्री थापाले मंसिर २७ देखि २९ गतेसम्म पार्टीको १५औ महाधिवेशन गर्ने गरी ल्याएको प्रस्ताव संस्थापन पक्षले अस्वीकार गर्दा केन्द्रीय समितिमा प्रस्तुत नै हुन सकेको छैन।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया