आफै चढेको बसको ठक्करबाट वृद्धाको मृत्यु

बिएल

आफै चढेको बसको ठक्करबाट मोरङको मिक्लाजुङ गाउँपालिका–७ मधुमल्लामा एक वृद्धाको मृत्यु भएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुका अनुसार तोरीबारीबाट मधुमल्लातर्फ आउँदै गरेको ना २ ख ५२२७ नम्बरको बसले ठक्कर दिँदा इलामको चुलाचुली–६ की ८० वर्षीय नन्दकुमारी राईको मृत्यु भएको हो।

वृद्धा तोरीबारीबाट बस चढेर मधुमल्ला आएकी थिइन् । मधुमल्ला आइपुगेपछि बसबाट ओर्लिएर सडक पार गर्ने क्रममा त्यही बसको ठक्करबाट सोमबार बिहान ७ः४५ बजे गम्भीर घाइते भएकी वृद्धाको उपचारका क्रममा ९ः३० बजे अरनिको अस्पताल उर्लाबारीमा मृत्यु भएको हो।

बस र चालक मिक्लाजुङ–९ का ४० वर्षीय कृष्ण तामाङलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुहाेस।

नेपालको चर्चित ब्याण्ड ‘लेकाली’ स्थापनाको कहानी: ३४ वर्षपछि पलेंटीमा जुरेको संयोग (भिडियाे सहित )

प्रकाशित मिति: : 2019-09-02 17:29:34

प्रतिकृया दिनुहोस्