बैंकको एटीएम सर्भर डाउन भएपछि अधिकांश बैंकका एटीएम सेवा अनिश्चितकालका लागि बन्द भएका छन्।
नेपाल राष्ट्र बैंकका अनुसार एनआईसी एसिया र प्रभु बैंकको एटीएम सर्भर डाउन भएको छ।
एनआइसी एसिया र प्रभुबाहेक अरू केही बैंकमा पनि समस्या आएकाले समाधानको कोशिश भइरहेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए।
प्रहरीका अनुसार एटीएमबाट अनधिकृत पैसा निकाल्ने गिरोहले बैंकिङ प्रणाली नै ह्याक गरेको र अधिकांश सेवाग्राहीको डाटा चोरी भएकाले एटीएम नचलेको हो।
बैंकिङ सिस्टमको भिसा कार्डसँग सम्बन्धित एक सिस्टम ह्याक भएको जानकारी दिँदै प्रहरीले १२-१५ वटा बैंकहरूको एटिएमका डाटा चोरी भएको र बैंकले सुरक्षाका लागि सेवा बन्द गरेको हो।
गएराति प्रहरीले एटीएमबाट पैसा चोर्ने पाँच जना चिनीयाँ नागरिकलाई दरबारमार्ग क्षेत्रबाट पक्राउ गरेको थियो।