नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
बिएल संवाददाता
अमेरिकाले कोरोनाविरूद्धको खोप फाइजर–बायोनटेकलाई इमर्जेन्सी प्रयोगका लागि स्विकृति प्रदान गरेको केही समय नबित्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको सन्देश सार्वजनिक भएको छ।
उनले आफ्नो सन्देशमा २४ घण्टाभित्र अर्थात शनिबार–आइतबार नै अमेरिकी नागरिकलाई खोप लगाउने घोषणा गरेका छन्।
कोरोनाबाट विश्वमा सबैभन्दा प्रभावित देश बनेको अमेरिकामा पछिल्लो एक दिनमा ३२ सय मानिसको निधन भएको थियो।
दबाब बढ्दै गएपछि ट्रम्प प्रशासन फाइजर–बायोनटेकलाई स्विकृति प्रदान गर्न सहमत भएको हो।
अमेरिकी प्रशासनले शनिबार बिहान स्विकृति दिएको थियो। यसका लागि कम्पनीले शुक्रबार अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) मा अर्को निवेदन दर्ता गरेको थियो।
कोरोनाविरूद्धको खोपलाई स्विकृति प्रदान गर्न एफडीएमा लामो समयदेखि थुप्रै कम्पनीले निवेदन दर्ता गराएका थिए।
एफडीएले फाइजर–बायोनटेकलाई स्विकृति प्रदान गरेपछि ट्रम्पले भने, ‘आज मसँग वास्तवमा निकै राम्रो समाचार छ। हामीले ९ महिनामा सुरक्षित तथा प्रभावकारी खोप तयार पार्न सफल भयौं। यो विज्ञानको सफलता हो। अब लाखौं मानिसलाई बचाउन सकिन्छ। महामारी पनि समाप्त हुनेछ।’
उनले एफडीएले फाइजरलाई स्विकृति प्रदान गरेकोमा खुसी व्यक्त गरे। ‘हामीले फाइजर र अन्य कम्पनीलाई धेरै पैसा उपलब्ध गराएका थियौं। यसैको नतिजा हो। खोप ल्याउने काम भइरहेको छ। २४ घण्टाभित्र खोप लगाउन सम्भव हुनेछ,’ उनले भने।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया