मङ्गलबार, १४ जुलाई २०२६

रातो पासपोर्ट दुरुपयोग प्रकरणः संविधानसभाका ३ सभासद दोषी ठहर

News Image
• • •

पासपोर्ट दुरुपयोग प्रकरणमा संविधानसभाका ३ सदस्य दोषी ठहरिएका छन्।

उच्च अदालत पाटनका न्यायाधीशहरु खड्कबहादुर केसी र गोपालप्रसाद बास्तोलाको इजलासले सभासद्हरू गायत्री साह, विश्वनाथप्रसाद यादव, शिवपुजन राय लगायतलाई कसुदार ठहर गर्ने जिल्ला अदालतको फैसला सदर गरेको हो।

उच्च अदालतले रातो पासपोर्ट दुरुपयोगका क्रममा सरकारी कागजात किर्ते गरेको आरोपमा उनीहरूलाई कसुरदार ठहर गर्ने जिल्ला अदालतको फैसला सदर गरेको हो।

साह नेपाली जनता दलबाट, यादव तत्कालीन मधेशी जनाधिकार फोरम र राय तत्कालीन नेकपा माओवादीका ०६४ सालको संविधानसभाका सदस्य हुन्।

०७१ जेठ २१ गते काठमाडौं जिल्ला अदालतले उनीहरूलाई दोषी ठहर गर्दै ५ महिना कैद र जनही पाँच सय रुपैयाँ जरिवानाको फैसला गरेको थियो।

त्यस्तै रातो पासपोर्ट प्रकरणमा बिचौलियाको भूमिका खेलेका थप पाँच जना दोषी ठहरिएका छन्।

बिचौलियाहरू डिलबहादुर घर्ती, गोपाल बानियाँ, पृथ्वी छन्त्याल, मनोजकुमार कार्की, देवेन्द्र पौडेल र सन्तोषराज उप्रेतीलाई सरकारी कागजात किर्ते गरेको आरोपमा उच्च अदालत पाटनले एक वर्ष कैद र पाँच लाख ५४ हजार रुपैंया जरिवानाको फैसला सदर गरेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!