सुडान घोटाला प्रकरण : मुख्य दोषी ठेकेदार शम्बु भारती पक्राउ

तस्बिरः बिएल

सुडान घोटाला काण्डका मुख्य दोषी शम्भु भारती पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी)ले भारतीलाई ललितपुरको भैंसेपाटीस्थित निबासबाटै पक्राउ गरेको ब्यूरो प्रमुख डीआईजी निरज शाहीले जानकारी दिए ।

‍विशेष अदालतकै फैसला सदर गर्दै सर्वोच्च अदालतले भारतीलाई १४ करोड २० लाख विगो र जरिवानासहित एक वर्ष जेल सजायको फैसला गरेको थियो ।

अदालतले दोषी ठहर गरे पनि भारती फरार रहेका थिए ।

भारतीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाइने डीआईजी शाहीले बीएल नेपाली सेवालाई जानकारी दिए ।

नेपाल प्रहरीको सुडानमा खटिने राष्ट्रसंघीय मिसनका लागि आवश्यक सामाग्री खरिदमा भएको घोटाला प्रकरणका उनी मुछिएका थिए ।

सर्वोच्च अदालतले सुडान घोटालाको मुद्दामा तत्कालिन महानिरिक्षकहरु ओम विक्रम राणा, हेमबहादुर गुरङ, रमेशचन्द्र ठकुरीलाई दोषी ठहर गरेको थियो।

सुडान मिसनका लागि सामान किन्दा २८ करोड ४० लाख भ्रष्ट्राचार भएको थियो । एस्युर्ड रिस्क कम्पनीका नेपाल एजेन्ट शम्भु भारतीसहित तीन पूर्व तथा वर्तमान प्रहरी अधिकारीसँग असुल गर्न निर्देशन दिएको थियो ।

एजेन्टका रुपमा शम्भु भारतीले तत्कालीन प्रहरी महानिरीक्षक ओमविक्रम राणासँगको मिलेमतोमा स्पेसिफिकेसन र क्याटलगबिना नै सामानको रेट बनाएर भ्रष्टाचार गरेको सर्वोच्च अदालतले ठहर गरेको थियो ।

 

प्रकाशित मिति: : 2019-08-30 10:15:19

प्रतिकृया दिनुहोस्