एक वृद्धको हत्या आरोपमा प्रहरीले तीन बालकलाई पक्राउ गरेको छ। पुथा उत्तरगङ्गा गाउँपालिका–८ गरालीका ७२ वर्षीय गङ्गे बोहोराको हत्या गरेको आरोपमा सोही ठाउँका तीन बालकलाई पक्राउ गरिएको हो ।
अनुसन्धानमा सहज होस् भने उनीहरुको नाम नखुलाइएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए।
जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको खड्काले बताए। उनीहरुको सुनुवाइ बाल इजलासमा हुने बताइएको छ। बोहराको भदौ ८ गते राति हत्या गरिएको थियो।