विवाहको आश्वासन दिएर जवरजस्ती करणी गर्ने पक्राउ

Agency

जबरजस्ती करणी र बैकिङ कसुर मुद्दामा फरार रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

आर्थिक अवस्था कमजोर भएकी युवतीलाई काम दिलाईदिने बहानामा जवरजस्ती करणी गर्ने काठमाडौंका सुमन खड्का र बैंकिङ कसुरमा फरार रहेका काठमाडौंकै प्रभात विक्रम थापालाई प्रहरीले पक्राउ गरेको हो।

जबरजस्ती करणी मुद्दामा उच्च अदालत पाटनले खड्कालाई २०७१ साल असोजमा खड्कालाई ४ वर्ष ५ महिना १ दिन कैद फैसला गरेको थियो।

खड्काले आर्थिक अवस्था कमजोर भएकी युवतीलाई बिवाह गर्ने आश्वासन गरी जबरजस्ती करण गरेको उजुरी परेको थियो।

त्यस्तै, पक्राउ परेका थापाले अर्जुन तामाङ्बाट ८ लाख ५० हजार रकम लिएर तिरेका थिएनन्। थापाले पिडितलाई रकम नभएको चेक दिएका थिए। बैंकिङ कसुर मुद्दामा थापालाई उच्च अदालत पाटनको मिति २०७५ बैशाखमा थापालाई ८ लाख ५० हजार रुपैयाँ जरिवाना र १५ दिन कैद हुने ठहर गरेको थियो।

उनीहरु दुबैजनालाई प्रहरीले सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंकाट पक्राउ गरेको हो। पक्राउ परेका २ जनालाई सजाय भुक्तानका लागी अदालतमा बुझाएको छ।

प्रकाशित मिति: : 2019-08-27 17:46:28

प्रतिकृया दिनुहोस्