‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
बिएल संवाददाता
साउथ एशिएन–अमेरिकन समुदायलाई अमेरिकन मूलधारसँग निकट गराउने उद्देश्यले स्थापित भएको टिभी सन्डेको आइतबार न्यूयोर्कमा उद्यघाटन गरिएकाे छ।
न्यूर्योक डिष्टिक ३८ का एसेम्बलीवेमेन जेनिफर राजकुमार र न्युयोर्कका नेपाली महावाणिज्य दूत बिष्णुप्रसाद गौतमले संयुक्त रुपमा उद्यघाटन गरेको कार्यक्रममा नेपाली अमेरिकन समुदायका अगुवा, उद्योगी व्यवसायी, पत्रकार लगायतको उपस्थिति थियो।
अमेरिकालाई विश्वकै विविधता भएको मुलुक मानिन्छ, टिभी सन्डेले यही विविधतलाई लाक्षितवर्ग बनाउने बताएको छ।
“विभिन्न समुदायको मौलिक पहिचानलाई प्रवर्धन गर्दै अमेरिकी मुलधारको सामाजिक एवं राजनीतिक गतिविधिमा आप्रवासी समुदायलाई प्रोत्साहन गर्ने हाम्रो मुल उदेश्य हो”, टिभीका प्रधान सम्पादक तथा प्रस्तोता किरण मरहठ्ठाले भने।
प्रमुख अतिथि जेनिफर राजकुमारले टिभी सन्डेले मुलधारको मिडियासरह सफलता पाउने कुरामा आफं विश्वस्त रहेको र यसका लागि आफूले सकेको सहयोग गर्ने वचन दिए।
“टिभी सन्डे सबै न्यूर्योकवासीले गर्व गर्ने मिडिया बन्ने मेरो विश्वास छ”,उनले भनिन्। नेपाली महावाणिज्य दूत बिष्णुप्रसाद गौतमले नेपाली समुदायको गतिविधिलाई अन्तराष्ट्रिय समुदायमाझ लैजान टिभी सन्डेको योगदान रहने विश्वास व्यक्त गरे।
न्यूर्योकको फोरेष्ट हिलटावरमा स्टुडियो रहेको टिभि सन्डेको लण्डन, दोहा, मेलबर्न र काठमाण्डौमा व्युरो कार्यालय छन् । शुरुमा दैनिक २ घण्टा कार्यक्रम प्रशारण गर्ने र समयक्रममा बढाउँदै लैजाने छ।
हाल वेभ स्टिमीगंमार्फत प्रशारण गर्ने र केही समयपछि केबुलमार्फत प्रशारण गरिने लक्ष्य रहेको मरहठ्ठाले जानकारि दिए।
कार्यक्रममा डेमोक्रेटिक पार्टी नेताहरु, शेखर कृष्णन, क्यारोलिनी ट्रान, इनग्रिड गोमेज, जर्ज ओनोरा, सुरज जसवाल, नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा जनसंपर्क समिति अमेरिका सभापति आनन्द बिष्ट, नेपाली अवैतनिक महाबाणिज्यदूत प्रेमराज महत, राप्रपा महामन्त्रि प्रेम श्रेष्ठ, एनआरएनए एनसिसि अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजिवि पन्थ, उपाध्यक्ष दिलु पराजुली,महासचिव अन्जन कुमार चौलागाइ, फिप्नाका अध्यक्ष लोक चेम्जोगं, एनआरएनए अमेरिकाका पुर्वअध्यक्ष खगेन्द्र जिसी, कानून व्यवसायी बासदेवु फुलारा, जिपी कोइराला फाउन्डेसनका अन्ध्यक्ष सोमनाथ धिमिरे, ओएनएफका सचिव कृष्ण लामीछाने, न्यूयोर्क पोलिटिकल कोलिसनकी अध्यक्ष इनुस इकवानीलगायतले मन्तव्य राखेका थिए।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया