डेड किलो कोकिन बोकेर ‘नाईजेरिया टु होटल सोल्टी’ (भिडियाे सहित्)

तस्बिरः डिल्ली पाण्डे

एक किलो ६ सय ग्राम अवैध लागूऔषध कोकिनसहित आईभरिकोष्टका मारर्कल गुईहीलाई नेपाल प्रहरीले अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गर्‍यो।

गुईही नाईजेरियाको लागोसबाट कतारको दोहाहुँदै उक्त कोकिन बोकेर नेपाल आएका हुन्।

१६ सय ग्राम कोकिन बोकेर आएका गुईही होटल सोल्टीमा बास बस्ने कार्यक्रम रहेछ।

उनीबाट बरामद भएको अवैध लागूऔषध कोकिनको अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार ५ करोड रूपैया हुन आउँछ।

गुईहीले उक्त लागूऔषध कोकिन नाईजेरियाबाट रिसिभ गरेको नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख डीआईजी दिनेश अमात्यले जानकारी दिए।

डीआईजी अमात्यका अनुसार गुईही कोकिनको सुटकेश बोकेर नाईजेरियाको लागोस विमानस्थलबाट कतारहुँदै नेपाल भित्रिएका थिए।

‘गुईहीले १६ सय ग्राम कोकिन ल्याएर आउँदै गरेको सूचना थियो’, डीआईजी अमात्यले भने, ‘अध्यागमन पार गरेर बाहिर निस्कदै गरेका बेला पक्राउ गर्‍यौं।

गुईहीको पासपोर्टमा भारतकोसमेत भिसा लगेको छ।

‘नाईजिरेयाबाट आएका उनको भारतको समेत भिसा भएकाले उनी भारतसम्मै कोकिन पुर्‍याउनसक्ने देखिन्छ’, डीआइजी अमात्यले भने।

प्रहरीका अनुसार गुईहीले बास बस्नको लागि होटल सोल्टीको रूम बुक गराएका थिए।

पक्राउ परेका गुईहीलाई थुनामा राखि आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा कोकिन महंगो मध्येको एक लागूऔषध हो।

यसको खपत युरोप, जापान, चीन र केही भारतमा हुने गरेको अनुसन्धान अधिकारीको भनाई छ।

अनुसन्धान अधिकारीका अनुसार कोकिनको प्रतिग्राम २५ देखि २० हजार पर्छ।

फेरि रूट खुल्यो कोकिनको

अन्तर्राष्ट्रिय लागूऔषध तस्करले नेपाललाई टान्जिटका रूपमा प्रयोग गर्दै आएका छन्।

एक वर्षअघि प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले काठमाडौंको ठमेलबाट करिब दुई केजी कोकिनसहित बोलिभियन नागरिक फ्रेडी ममनी अन्डाई र थाई नागरिक खुलन्जाई खनरत पक्राउ गरेको थियो।

तीन हजार अमेरिकी डलर पाउने आसमा फ्रेडी कोकिन नेपाल ल्याएको प्रहरी अनुन्धानबाट खुलेको थियो। त्यसपछि केही समय कोकिनको टान्जीट रोखिएको थियो।

अनुसन्धान अधिकारीका अनुसार अन्तर्राष्ट्रिय लागूऔषधका तस्कले सम्वन्धीत देशका सुरक्षा अधिकारीलाई छल्न विभिन्न उपाए लगाएका हुन्छन्।

उनीहरूले एक पटक एक देशको विमानस्थल प्रयोग गरेमा अर्को पटक फेरि त्यहीबाट आवतजावत गदैनन्। त्यसैगरी तस्करले तस्करी गर्ने देशको कानुनलाई पनि केलाएर हेर्ने गर्छन्। जुन देशको कानुन फितलो छ, त्यही देशलाई उनीहरुले टान्जीट बनाउने गरेका हुन्छन्।

प्रकाशित मिति: : 2019-08-22 17:01:01

प्रतिकृया दिनुहोस्