महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्तामा प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्द नियुक्त भएका छन्।
परिसरका नयाँ प्रवक्ताका रुपमा चन्दलाई नियुक्त गरिएको परिसरका प्रमुख उत्तम सुवेदीले जानकारी दिए।
यसअघिका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीको सरूवा भएपछि उनको ठाउँमा नयाँ प्रवक्ता राखिएको सुवेदीले जानकारी दिए।
महानगरीय प्रहरी परिसर काठमाडौं तथा मातहतका प्रहरी कार्यालयहरूबाट सम्पादित जनसरोकारका विषयको प्रवक्ताले संचारमाध्यलाई जानकारी गराउनुपर्ने हुन्छ।