मञ्जुल मितेरी
ओ दमिनी !
ओ यस धर्तीकी सबैभन्दा बहादुर योद्धा !
तिमीले जतिको लामो युद्ध त
यो सभ्यतामा अरु कसले पो लडेको होला र !
फूल बनेर
तिमीले काे-काेसँग युद्ध लड्नु परेन र !
तिमीले फुल्नै हुँदैन भन्ने वसन्तसँग
आफू फुलेर तिमीलाई घोचिरहने फूलहरुसँग
तिमी फुलेको देखी नसहने आँधीहरुसँग
तिमीलाई फुल्नै नदिने खडेरीहरुसँग
विभेदको एक हिमयुग छिचोलेर
तिम्रो अस्तित्वलाई निमोठिरहने कालरात्रीमा पनि
उत्तिकै उज्यालो फक्रिरहेछौ तिमी
मानवताको प्रेमीले सुगन्ध बोकेर
अरुले जसरी फुल्न
तिमीले कहिल्यै सिकेनौँ
काँडा भएर, पत्थर भएर
तिमीले जसरी फुल्न
अरुले कहिल्यै सिकेनन्
दमिनी फूल भएर
ओ दमिनी फूल !
ओ यस धर्तीको सबैभन्दा सुन्दर सृष्टि !
तिम्रो यो आदिम सुन्दरताको वयान गर्न
बटुलेर ल्याएको छु अपहरित मेरा शब्दहरु
समेटेर ल्याएको छु हराएका सबै-सबै धुनहरु
म बजाइरहनेछु प्रेमको बाँसुरी हरेक याम
तिमी फुलिरहनु यसरी नै हरेक याम।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया