बंगलादेशमा डेंगूबाट ५० हजारभन्दा बढी मानिस प्रभावित भइसकेको र ४० जनाको निधन भएको पदाधिकारी बताएका छन्।
मच्छरबाट फैलिने यो रोग गत वर्षको तुलनामा बंगलादेशमा ५ गुणाले बढेको विश्व स्थास्थ्य संगठन (डब्ल्यूएचओ) ले बताएको छ।
बंगलादेशको सरकारी अधिकारीले पनि यस वर्ष ५१ हजार ४ सय ७६ जनामा डेंगूको संक्रमण देखिएको पूष्टी गरेका छन्। शनिबार मात्र बिहान ८ बजेसम्म १४ सय ६० डेंगू पीडितको रेकर्ड सरकारी तथ्यांकमा जोडिएको थियो।
गत वर्ष डेंगूबाट १० हजार १ सय ४८ जना प्रभावित थिए। बंगलादेश स्वास्थ्य विभागका अधिकारी अब्दुर रशीदले अझैं पनि डेंगूका कारण्ण ७ हजार ८ सय ६४ बिरामी देशको विभिन्न अस्पतालमा उपचारार्थ रहेको बताएका छन्।
उनले ८५ प्रतिशत बिरामी स्वास्थ्य लाभपछि घर फर्किएको बताएका छन्। डेंगूका कारण यस वर्ष मृत्युवरण गर्ने ४० मध्ये ३९ जना राजधानी ढाकाको स्थानीयवासी रहेको बताइएको छ।
याे पनि पढ्नुहाेस।