यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
नेपाल सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको विद्रोही नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच तीन बुँदे सहमति भएको छ । प्रधानमन्त्रीनिवास, बालुवाटारमा बिहीवार बिहान भएको तेस्रो चरणको वार्ताको सहमतिअनुसार, सरकारले विद्रोही नेकपामाथिको प्रतिबन्ध हटाउने छ र विप्लव पक्षले शान्तिपूर्ण प्रतिस्पर्धाको राजनीतिलाई स्वीकार गर्नेछ ।
सरकारका तर्फबाट वार्ता टोली संयाेजक गृहमन्त्री रामबहादुर थापा बादल र विद्राेही नेकपाका वार्ताटोली संयाेजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेको सहमतिमा विद्रोही नेकपाले आफना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने उल्लेख छ ।
उक्त सहमतिमा सरकारका तर्फबाट नेकपामाथि लगाइएको प्रतिबन्ध हटाउने, सो पार्टीका सम्पूर्ण बन्दीको रिहा गर्ने र उनीहरुमाथिका मुद्दा खारेज गर्ने उल्लेख छ ।
वार्तामा सरकारी पक्षबाट गृहमन्त्री रामबहादुर थापा, डा. राजन भट्टराई र विद्रोही नेकपाका तर्फबाट सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड', उदयबहादुर चलाउने 'दीपक' वार्तामा सहभागी थिए।

यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया