अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
बिएल संवाददाता
नेपाल सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको विद्रोही नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच तीन बुँदे सहमति भएको छ । प्रधानमन्त्रीनिवास, बालुवाटारमा बिहीवार बिहान भएको तेस्रो चरणको वार्ताको सहमतिअनुसार, सरकारले विद्रोही नेकपामाथिको प्रतिबन्ध हटाउने छ र विप्लव पक्षले शान्तिपूर्ण प्रतिस्पर्धाको राजनीतिलाई स्वीकार गर्नेछ ।
सरकारका तर्फबाट वार्ता टोली संयाेजक गृहमन्त्री रामबहादुर थापा बादल र विद्राेही नेकपाका वार्ताटोली संयाेजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेको सहमतिमा विद्रोही नेकपाले आफना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने उल्लेख छ ।
उक्त सहमतिमा सरकारका तर्फबाट नेकपामाथि लगाइएको प्रतिबन्ध हटाउने, सो पार्टीका सम्पूर्ण बन्दीको रिहा गर्ने र उनीहरुमाथिका मुद्दा खारेज गर्ने उल्लेख छ ।
वार्तामा सरकारी पक्षबाट गृहमन्त्री रामबहादुर थापा, डा. राजन भट्टराई र विद्रोही नेकपाका तर्फबाट सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड', उदयबहादुर चलाउने 'दीपक' वार्तामा सहभागी थिए।

अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया