म्याग्दीलाई केन्द्रबिन्दु बनाएर शुक्रबार साँझ ४.७ म्याग्निच्यूडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार म्याग्दीको लुलाङ केन्द्रविन्दु भएर भूकम्पको महसुस भएको हो।
म्याग्दी वरपरका जिल्लाहरूमा भूकम्पको धक्का महसुस भएको थियो।