यसरी जोडियो सडक-सञ्जालमा डोल्पा

डोल्पाको सडकमा गुडेका गाडी । तस्बिरः बिएल नेपाली सेवा

देशमा माओवादीले जनयुद्व शुरु गरेको पनि ९ वर्ष पुरा भएको थियो।  जताततै तत्कालिन विद्रोही माओवादी र सुरक्षाकर्मीबीच दोहोरो भिडन्त भइरहेका समाचारले सर्वसाधारण त्राशित थिए।

नेपालका ग्रामीण बस्तीमा माओवादी त्रासले अधिकांश गाउँहरू सुनसान थिए।  गाउँघरमा निर्धक्कका साथ बस्ने अवस्था थिएन।  सर्वसाधारण सुरक्षा खोज्दै सदरमुकाम केन्द्रित बन्दै गरेको अवस्था थियो।  

गाउँबस्ती नै खाली भएपछि विकास निर्माणले गति लिने कुरै भएन। गाउँघरका विकास निर्माण पनि केही टाठा वाठाहरुले सदरमुकाममै कागजी रुपमा सम्पन्न गरि राज्य ढुकुटीको चरम दोहन गरेको अवस्था थियो।

विकास निर्माणका कामहरु देशभर ठप्प थिए। तर पनि तत्कालिन विषम परिस्थतिका बाबजुद राष्ट्रिय सडक सन्जालमा विकट जिल्ला जाजरकोट र रुकुमको चौरजहारीलाई जोड्ने महत्वपूर्ण जिम्मेवारीका साथ नेपाली सेनाको सडक निर्माणमा जुट्यो।

ओली महाराज, कम्तिमा अलिकति शर्म त गरिबक्सियोस् !

नेपाली सेनाको सडक निर्माण कार्यदलले २०६१ जेठ १४ गते सल्यानको सल्लीबजार र जाजरकोटको ज्यामिरे काला पहाडमा बेस क्याम्प खडा गरेर सल्लीबजार देवस्थल कैयनडाँडा हुँदै चौरजहारी सम्मको ४१ किलोमिटर र सुर्खेतको राकमहुँदै काला पहाड भएर जाजरकोट खलङ्गा सम्मको १०७ किलोमिटर सडक सहित दुवै तर्फ बाटो पुर्‍याउने गरि युद्वस्तरमा सडक निर्माण कार्य भइरहेको थियो।

नेपालका सुरक्षा निकाय माओवादी आक्रमणको पहिलो निशाना बनिरहेको बेला विष्फोटक पदार्थसहित सडक निर्माण कार्यलाई अगाडि बढाउनु कम चुनौतीको विषय थिएन।

यसरी चल्छ परदेशको जिन्दगी!

नेपाली सेनाका कर्णेल बिश्वबन्धु पहाडी दुवै तर्फको सडक निर्माण कार्यदलका प्रमुख थिए। सबैसँग मिजासिलो, लचिलो, समान ब्यवहार, हँसिलो अनुहार, सहयोगी भावना, उचित ठाउँमा उचित निर्णय गर्ने क्षमता, निर्भिक, निडर र तार्किक प्रस्तुतिले कामको गति लियो।

कर्णेल पहाडीको कुशल फौजी ब्यवस्थापनले कही कतै पनि समस्या झेल्नु परेन। अपवादको रुपमा जस्तोसुकै समस्या आइपरे पनि सहजै समाधान गर्दै सडक निर्माण कार्यलाई युद्वस्तरमा अगाडि बढाउन सफल भएका थिए कर्णैल पहाडी।

हेर्दैमा कहालीलाग्दो र कडा चट्टानी पहाड नामैले कालापहाडलाई छिचोलेर जाजरकोट खलङ्गामा बाटो लैजानु नेपाली सेनाको लागि सहज थिएन।

चारै तीर घनाजङ्गल अनि शीर गुमाउने भीर तल हेर्दा भेरीनदिको उर्लदो बहावले सुरक्षामा थप चुनौती थपिदिएको नै थियो।

भीर छिचोल्ने क्रममा ज्यामिरे काला पहाडसँगको दिनभरको संघर्षले थकित भएका आफ्ना जवानसँग दिनभरको कामको प्रगति  र भोलि हुने कामको योजना सम्बन्धि व्रिफिङ भईरहदा घडिको सुईले रातको ११ बज्नै लागेको संकेत गरिरहेको थियो।

न प्रचण्ड 'हेग' ल्याइन्छन्, न 'हिरो' हुन्छन्

ब्रिफिङ सकिनै लाग्दा सञ्चारसेटमा नेपाली सेना माथि माओवादी आक्रमण भएको खबर प्राप्त भयो। त्यो नौलो र अस्वभाविक खबर थिएन कर्णेल पहाडीको लागि।

तर, कालिकोटको पिलि भन्ने ठाउँमा बसेको नेपाली सेनाको सडक निर्माण कार्यदलमाथि माओवादीले आक्रमण गरेको खबर थियो त्यो। आक्रमणबाट नेपाली सेनाका जवान र सडक निर्माणमा कार्यरत केही मजदुर र माओवादी लडाकुहरु समेतको मृत्यु भएको थियो। घटना २०६२ साउन २० गते रातिको थियो।

जुम्ला खलाङ्गा बजारमा बाटो लैजाने गरि पिलिमा सेनाको निर्माण कार्यदल कर्णेल राजु देवकोटाको नेतृत्वमा कार्यरत थियो। रुकुमको चौरजहारी र जाजरकोटको खलङ्गा बजारमा बाटो पुर्‍याउन हर्षोल्लासका साथ निर्माण कार्यमा जुटिरहेका कर्मठ नेपाली सेनाका जवान र कुशल नेतृत्व दिइरहेका कर्णेल पहाडीलाई पिलि घटनाले केहि हद सम्म हतोत्साहि बनायो।

तर, पनि पिलि घटनालगायत देशका कुनै पनि स्थानमा नेपाली सेना माथि भएका माओवादी आक्रमणका घटनाले कर्णेल विश्वबन्धु पहाडीको सडक निर्माण कार्यदललाई विचलित बनाएन र भएन पनि।

आमा, त्यसैले त महान हुन्छिन् ... (भिडियो रिपोर्ट)

स्थानीयसँगको घुलमिल खानपान र आत्मीयता साटासाटले गर्दा पहाडीले स्थानीय जनताको साथ सहयोग निरन्तर पाइरहे। जसको फलस्वरुप २०६५ मा जाजरकोट खलाङ्गबजारमा बाटो पुर्‍याएर जाजरकोटवासी र स्वयं विद्रोही माओवादीको लागि समेत स्यावासीको पात्र बन्न सफल भए पहाडी र उनको सडक निर्माण कार्यदल।

छिमेकी जिल्ला जाजरकोट र तत्कालिन आफ्नै अञ्चल सदरमुकाम जुम्लामा बाटो पुगेर सवारीका साधन गुडिरहेको देखेका तर आफ्नै घरआगनमा गाडी गुडेको कहिले देख्न पाइएला भनेर दैवभरोसामा वषौदेखि त्यो भावि समयलाई पर्खि बसिरहेका थिए डोल्पाली।

छिन्चु-जाजरकोट सम्म १०७ किलोमिटर लम्बाइ रहेको सडकको सफल रुपमा निर्माण कार्य सम्पन्न गरेको नेपाली सेनाले ११८ किलामिटर लम्बाईको जाजरकोट डोल्पा सडक निर्माण गर्ने थप जिम्मेवारी पनि पायो।

२०६५ सालमा जाजरकोट भएर डोल्पा जोड्ने कि रूकुम भएर डोल्पा जोड्ने भन्ने रेखाङकन विवादले दुई वर्ष सडक निर्माण कार्य पछाडि धकेलियो।

आमा, त्यसैले त महान हुन्छिन् ... (भिडियो रिपोर्ट)

अन्ततः रेखाङकन विवाद समाधान पछि आर्थिक वर्ष २०६६/६७ बाट जाजरकोटको पासागाडलाई जिरो बिन्दु मानेर सेनाले सडक निर्माण कार्य अगाडि बढायो।

जाजरकोट-देखि डोल्पाको सदरमुकाम दुनैसम्मको ११८ किलोमिटर लम्बाईको सडकको ट्रयाक खोल्ने कार्य सफल रुपमा पुरा गरेको छ।

करिब १५ वर्ष सडक निर्माणमा खटिएको सेनाले तत्तकालिन विषम परिस्थितिका बावजुद पनि लक्ष्य पुरा गरेर यत्तिखेर सडक निर्माणको क्रममा जाजरकोटदेखि डोल्पाको विभिन्न स्थानमा खडा गरिएका बेस क्याम्प उठाएर आफ्नो थातथलोमा फर्कन थालेको छ।

जिम्मेवारी पुरा गरेर फर्कदै गरेका सेनाका जवान।

विभिन्न अस्थायी निर्माण बेस क्याम्प उठाएर फर्कन क्रममा नेपाली सेनाका कर्णेल विश्वबन्धु पहाडी र  जावनहरुलाई स्थानीयले फुलमाला अविर टिका र खादा लगाएर बिदाई गरेका छन्।

विषम परिस्थिति भौगोलिक विकटतालाई समेत चिरेर सरकारले दिएको जिम्मेवारी र डोल्पा सम्म सडक पुर्‍याउने सरकारको लक्ष्यलाई सफल रुपमा पुरा गरेर डोल्पालीको भाग्य निर्माणको आधार मानिएको सडक आयोजना सडक विभागलाई हस्तान्तरण गर्न लागिएको जाजरकोट डोल्पा सडक निर्माण कार्यदलका प्रमुख कर्णेल विश्वबन्धु पहाडीले बताए। ‘सडक निर्माण पुरा गर्नु सहज थिएन। तर, थुपै चुनौती व्यहोरेर पनि विकासको मुख्य पुर्वधारको रुपमा रहेको सडक निर्माणमा दिनरात नभनेर ज्यानलाई हत्केलामा राखेर आफ्नो जिम्मेवारी पुरा गर्‍यौ’, कर्णेल पहाडीले भने।

आमा, त्यसैले त महान हुन्छिन् ... (भिडियो रिपोर्ट)

जाजरकोटदेखि डोल्पाको दुनैसम्म सडकको ट्रयाक खोल्ने कार्य पुरा गरेर  २०७५ मंसिर ४ गते त्रिपुरासुन्दरी नगरपालिका १ मा पर्ने त्रिपुराकोटको छलगाडस्थित अन्नीचौरमा औपचारिक रुपमा सडक उद्घाटन गरिएको थियो।

नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापा र कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीको उपस्थितिमा संघीय सरकारका उपप्रधान मन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सडकको उद्घाटन गरेका थिए। ‘हामीले यती चाडै सडक पाउला भन्ने सोचेका पनि थिएनौं, कल्पना सम्म नगरेको अवस्थामा नेपाली सेनाले मेरै घर आँगनमा सडकसहित सवारी साधान गुडाएर ल्यायो नेपाली सेना हाम्रो लागि ईश्वर बनि आयो,’ ९१ वर्षीय विष्णुरूद्र उपाध्यायले भने।

नेपाली सेनाले जिम्मा नलिएको भए अहिले नै डोल्पामा सडक पुग्ने थिएन अझै कैयौ वर्ष सडककै सपनामा बाँच्नु पर्थ्यो थाहा थिएन। ‘अहिले सडक पुग्यो यातायातका साधन गुडेका छन् बजार भाउ सस्तिएको छ, नेपालगन्ज डोल्पाको दुरी छोटिएको छ’, त्रिपुरासुन्दरी नगरपालिका १ का भक्तसिंह कठायतले भने।

एक दर्जन पुल निर्माण गर्न बाँकी

जाजरकोट डोल्पा सडकको ट्रयाक खोल्नै कार्य सम्पन्न भए पनि विभिन्न स्थानमा बनाइनुपर्ने पुल नबनेका कारण खण्ड खण्डमा यातायात सन्चालन भईरहेका छन्।

जाजरकोट डोल्पा सडक अन्तर्गत पर्ने राडीज्यूला  तल्लुवगर, करवगाड, हरियापानी, चुँगाड, छलगाड, भेरीनदि र रूपगाडलगायतका दर्जनौ ठाउँमा मोटरेवल पुल निर्माण गर्न आवश्यक छ।

भेरीनदिमा मात्रै आवश्यक पर्ने छ पक्की पुलमध्ये रिम्ना र चिसापानीमा पुल निर्माण भईसकेका छन्। राडिज्यूला, तल्लु, हरियापानी, सुँपानी र रूपगाडमा पुल निर्माण गर्न बाँकी छ।

सडकलाई बीचमा पर्ने सानाठूला नदिले टुक्रयाईदिएकाले ठाउँठाउँमा गाडी परिर्वतन गरेर यात्रा गर्नुपर्ने बाध्यताले सर्बसाधारण सास्तीमा छन्।

सडक स्तरउन्नती गर्न डोल्पालीको माग

नेपाली सेनाले पहिलो चरण अन्तर्गत जाजरकोट डोल्पा सम्मको सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न गरिसकेकाले सडकको स्तरउन्नतीको लागि डोल्पालीले सरकारसँग माग गरेका छन्।

पक्की पुल र कालोपत्रेका लागि आवश्यक बजेट ब्यवस्थापन गरेर स्तरोन्नतीको काम शुरु गर्नु पर्ने डोल्पालीको माग छ। जाजरकोट डोल्पा सडक खण्ड अनर्तगत भेरी र सहायक नदि माथि बन्न पर्ने पुल छिटो बन्न र सडक कालोपत्रे गर्न सरकारलाई सहजता होस भनेर नै सेनाले सडक विभागलाई हस्तान्तरण गर्न थालेको कर्णेल विश्वबन्धु पहाडीले बताए।

जाजरकोट डोल्पा सडकको निर्माण रणनीतिक महत्व

 सेनालाई फूल माला र अविर टिका लगाएर विदाई गर्दै स्थानीय।

डोल्पालाई राष्ट्रिय सडक सन्जालमा जोड्दै नेपाल , चीन र भारत जोड्ने त्रिदेशीय व्यापारिक नाकाको रुपमा विकास गर्ने लक्ष्यका साथ यो सडकको निर्माण थालनी गरिएको थियो।

व्यापारिक रणनीतिक महत्व बोकेको हुनाले दुनैहुँदै उपल्लो डोल्पाको धो, तिन्जेहुँदै तिब्बती नाका मोरिम जोड्ने सडक निर्माणको जिम्मा पनि नेपाली सेनालाई दिएमा छिटो सडक चीनसँग जोडिने बिश्वास डोल्पालीले गरेका छन्।

सेनालाई सडकको निर्माणको जिम्मा दिएमा काम छिटो हुने र राज्यको ढुकुटी पनि सही ठाउँमा सदुपयोग हुने बताउँछन जुफालका बालकृष्ण डाँगी।

उल्टोतर्फ मोरिमहुँदै धो तर्फ विगत ७ वर्ष देखि करोडौंको बजेटमा निर्माण ब्यवसायीद्वारा सडक खनिरहेको बताइए पनि हाल सम्म प्रगति देखिएको नदेखिएको र ठेकदार मोटाउने काम मात्र भएको स्थानीयको आरोप छ।

 

प्रकाशित मिति: : 2019-08-06 09:34:52

प्रतिकृया दिनुहोस्