सर्पदंशको कारण पर्सामा एक बालिकाको मृत्यु, रौतहटका एक युवक घाईते

तस्बिरः एजेन्सी

गर्मी बढेसँगै अहिले बारा, पर्सा रौतहटलगायत तराईका जिल्लामा सर्पदंशका घट्ना बढेका छन्।

यसैबीच पर्सा सखुवाप्रसौनी गाउँपालिका- ४ की एक बालिकालाई सर्पले टोकेपछि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको छ।

स्थानीय श्रीकिशोर साह तेलीको ८ वर्षिया छोरी शान्ति कुमारीलाई सोमबार अपरान्ह ३ बजे घर नजिकै करेसावारीमा विषालु गोमन सर्पले खुट्टामा टोकेको थियो।

बालिकालाई उपचारका लागि वीरगंजस्थित नारायणी अस्पतालमा ल्याउँदै गर्दा बिच बाटोमै मृत्यु भएको हो।

यस्तै रौतहट चन्द्रपुर ६ निवासी ३८ वर्षिय गोकुल विश्वकर्मा विषालु सर्पको टोकाइबाट गम्भीर घाइते भएका छन्। उनको नारायणी अस्पतालमा उपचार भईरहेको छ।

सर्पदंशका घटना बढेसँगै सोमबार मात्रै नारायणी अस्पतालमा १५ जनाभन्दा बढी सर्पदंशका घाइतेहरुको उपचार भएको अस्पतालको चिकित्सक डा.अशोक कुशवाहाले जानकारी दिए।

प्रकाशित मिति: : 2019-08-05 21:43:25

प्रतिकृया दिनुहोस्