बागलुङ । लगातारको वर्षापछि बाग्लुङको तुरतरे ताल फुटेपछि मध्य पहाडी राजमार्ग अवरुद्ध भएको छ ।
तुरतरे ताल र भर्याङबीचको दुई सय मिटर खण्डमा पहिरोले सडक बगाएको छ। राजमार्ग बगेसँगै यातायात अवरूद्ध भएको छ।
गत वर्ष भदौमा खसेको पहिरोले कृतिम ताल बनेको थियो । त्यसैलाई स्थानीयले तुरतुरे ताल भन्दै आएका थिए।
ताल बनेपछि पर्यटन व्यवसायीको सक्रियतामा डुंगा चलाउने र पर्यटक तान्ने प्रयास हुँदै आएको थियो। तर, अविरल वर्षापछि आएको बाढीले ताल फुटेको हो। ताल फुटेपछि डुबानमा परेको खेत र घरहरु देखिन थालेको छ।
तुरतुरे ताल फुटेपनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
हेर्नुहोस् भिडियोमा