बीएल–समाज,काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एक चिनीया नागरिकबाट अवैध भन्सार छलीको ४ किलो सुन बरामद भएको छ।
विमानस्थलको भन्सार कार्यालयले चाइनिज नागरिकलाई चार किलो सुनसहित आइतवार राति पक्राउ गरेको हो। ड्रागन फ्लाइटको के ए १०४ नम्वरको विमानबाट नेपाल आएका २३ वर्षीय लि निङ्क जी पक्राउ परेको भन्सार कार्यालयका प्रमुख गजेन्द्र ठाकुरले जानकारी दिए। एक्सरे मेसिनमा चेक गर्दा सुन भेटिएको हो। थप अनुसन्धान गरिरहेका छौं।‘ प्रमुख ठाकुरले भने। लि ले कालोरँगको बेल्डमा सुन लुकारएर लगेज भित्र राखिएको अवस्थामा फेला परेको थियो।