काठमाडौं भ्युटावरका ठेकेदारसहित चार जनाविरुद्ध विदेशी मुद्रा अपचलनसम्बन्धी चार करोडको मुद्दा

मनोज कुमार भेटवाल

काठमाडौं भ्युटावर निर्माण गर्ने कम्पनी जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रालिका सञ्चालक मनोजकुमार भेटवालसहित ४ जनाविरुद्ध राजस्व अनुसन्धान विभागले विदेशी मुद्रा अपचलनसम्बन्धी जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

हुन्डीमार्फत् विदेशी मुद्रा अपचलन गरेको आरोपमा विभागले भेटवालसहित निशा गुरुङ, राजकुमार विष्ट र शिव विष्टविरुद्ध बुधबार मुद्दा दर्ता गरेको हो।
विभागले उनीहरूबाट ४ करोड ६० लाख ४२ हजार रुपैयाँ विगो मागदाबी गरिएको छ। साथै, आरोपित चार जनालाई नै जनही ३ वर्ष जेल सजाय माग गरिएको छ।

प्रतिवादीमध्येकी गुरुङले आफ्ना सिंगापुरमा रहेका आफन्त, साथीभाइ र अन्य व्यक्तिसँग विकोई विल्डर्सले निर्माण गरिरहेको भ्युटावर निर्माणमा लगानी गर्ने भनी रकम संकलन गर्ने गरेको विभागको दाबी छ। त्यसरी संकलन गरेको रकम हुण्डीमार्फत् ल्याएर विष्टद्वयको सहयोग तथा भेटवालसमेतको मिलेमतोमा प्रयोग गर्ने तथा विभिन्न व्यक्तिलाई वितरणसमेत गरेको अनुसन्धानबाट पुष्टि भएको विभागले जनाएको छ।

प्रकाशित मिति: : 2019-07-31 18:34:39

प्रतिकृया दिनुहोस्