उद्यमीकाे कथा शृङ्खला -३
हामी 'हाेटल खड्का जी' मा नास्ता खान चार बज्दा नबज्दै पुगेका थियौँ। म:म: सकिएछ। चाउमिन पनि सकिएछ। म:म:, चाउमिन नेपाली बजारमा सबैभन्दा बढी बिक्ने खाजा हुन् भनी दाबी गर्दा हाेइन भनेर हात उठाउने कमै भेटिएलान्।
जुम्लामा पाइने म:मकाे एउटा विषेशता छ। त्याे हाे, मिठाे झाेल।
थपि थपि खाँदा पनि पैसा थप्नु नपर्ने (धेरै ठाउँमा सुप फ्रि नै हाे)। खसीका हड्डीबाट झानेकाे झाेल खानुकाे मज्जा नै बेग्लै। टन्न झाेल पिएर डकार्दा जिब्रोले घण्टा पहिला लिएकाे स्वाद मुखभरि आइरहने। नगरकाेटीले ‘सातोरी ड्रिम्स’ ब्ल्याक कफीको अतुलनीय स्वादकाे चर्चा गरेजस्ताे।
तपाईं एक पटक खाई हेर्नुस्, मख्ख पर्नुहुनेछ। अनि डकार्नुस् मगमग बासआनेछ। त्यै मुखले नगरकाेटी स्टाइलमा कुनै युवतीलाई प्रेम प्रस्ताव राख्न जाँदै हुनुहुन्छ भने पनि ढुक्क हुनुस्, युवती झन् मख्खै पर्नेछिन्।
यदि तपाईं युवती नै हाे भनेपनि समस्या छैन। तपाईंको प्रेम प्रस्तावले केटाे छक्कै पर्नेछ। दिनभरि कराएर आलस्य भएकाे जिउमा स्वादिलाे झाेल पिएर शरीरमा पानी आपूर्ति गर्ने धाेकाे मनमै रह्याे। रामायणमा रावणले जमिनबाट स्वर्गसम्म पुग्ने सिडी बनाए जस्ताे।
यस्ताे अतुलनीय स्वादमा पनि प्लस गरेर स्वाद दिन्छन् हाेटल 'खड्का जी'का संचालक खड्क थापा र उनकी पत्नी तारा थापा।
त्यसैले जुम्ला बसपार्कबाट झण्डै २० मिनेट हिडेरै म:म खान आइपुगेका थिए, तपेनद्र महत।
म:म सकिसकेकाले निराश हुँदै फर्किए। म:म काे झाेल उम्लिँदा उम्लिँदै उनी चाउमिन बफाइसक्छन्। बिहान महिनावारी खाना खाने ग्राहकका जुठा भाडा साेर्न भ्याइसक्छन्।
हाेटमा कुनै बाल श्रमिक वा अरु मजदुर छैनन्। त्यसैले थापा हाेटल संचालक(मालिक) मात्र हाेइनन्। कुक, वेटर, स्वीपर सबै हुन्। उनकै जस्ताे सबै पद दिँदा फरक नपर्ने उनकी श्रीमती छिन्, तारा। दुबैले मिलेर हाेटल चलाएका छन्। याे जाेडीकाे मायाप्रेम मात्र हाेइन, काम धन्दा पनि उस्तै छ। अहिले बाहिरबाट जुम्ला काम गर्न आउने सरकारी, एनजीओ, आएनजिऔ, बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा धेरैकाे महिनावारी खाना खाने पहिलाे राेजाईकाे हाेटल हाे, खड्का जी कै।
त्यहाँ सम्भव नभएपछि मानिसहरु अन्त जान्छन्। हाेटल भव्य छैन। बाहिरबाट हेर्दा सबैले पत्याउने खालकाे पनि छैन। तर यसकाे गुडवील टाढा धेरै टाढा सम्म फैलिएकाे छ। त्यसैले टाढाबाट मान्छे खाना, खाजा खान 'हाेटल खड्का जी' कहाँ नै पुग्छन्।
यति राम्राे छवि निर्माणकाे अन्तर्य के हाे? बुझ्नलाई केही दिन पहिले हामी 'हाेटल खड्का जी' कहाँ नै पुगेका थियाैं।
उनीहरु दुबै लाेग्ने स्वास्नी दिनभरिका ग्राहक पन्छाएर बेलुकाकाे खाना खाने ग्राहककाे लागि खाना बनाउने तयारी गरिरहेका थिए। भाडाँ माज्ने काम पनि चलिरहेकाे थियाे। खड्क थापालाई हामीले उनकाे कथा भन्न आग्रह ग-याैं।
थापा दम्पतिकाे कथा यस्ताे छ। सुरुमा उनीहरु ज्याला मजदुरी गर्थे। अरुकाे काम गर्थे। कहिले काम पाइन्थ्यो भने कहिले त्यतिकै भाैतारिनुपर्थ्याे। काम नपाएर भाैतारिएका दिन साह्रै पट्यार लाग्दा हुन्थे। पाइएकाे काममा पनि स्वतन्त्रता नहुने। साह्रै भएपछि उनीहरुले ज्याला मजदुरीकाे काम छाेडिदिए। स्वातन्त्रताकाे खाेजी गरे।
सुख दु:ख गरेर चन्दननाथ नगरपालिका वडा नं ४ भारतीवाडाका याे दम्पतीले घर बनायाे। २०७२ सालमा सामान्य पसल खाेलेर चना अण्डा, चिया र नास्ताबाट पसल सुरु भयाे।
याे उनीहरुकाे व्यापारमा पहिलाे खुड्किलाे थियाे। जुन कालान्तरमा गएर हजार माइलकाे यात्रा बन्न पुग्याे। अहिले उनीहरु सफल व्यवसायी बन्न पुगेका छन्।
संसारका सफल र ठूला व्यापारीलाई पनि सुरुवातमा कठिन हुन्छ। उनीहरुका कथा सुन्दा, पढ्दा भावुक भइन्छ। कतिका कहानीले आँखा रसाउँछ। अनेकाैं कथाहरुकाे चाँङमा थापा दम्पती एक पात्र मात्र हुन्। तर उनकाे सफलताकाे कथा उनले दिने म:मकाे झाेल भन्दा स्वादिलो छ। यसले उनीहरुकाे जिन्दगी नै स्वादिलो बनाएकाे छ।
चना अण्डाकाे व्यापारबाट ग्राहककाे मन जितेका थापा दम्पती चाँडै बढुवा भएर खाजा, नास्ताकाे व्यापार गर्ने भए। पछाडि फर्किनु नपर्ने गरि उनीहरुले प्रगति गरे। अहिले उनीहरुलाई मासिक खाना, स्थानीय परिकार र अन्य खाजा बेच्न भ्याई नभ्याइ छ।
व्यवसाय सुरु गर्नका लागि पुँजी जोड्न निकै गाह्राे थियाे। त्यसबेला सहयाेगी भैदिए जिल्लामा खुलेका सहकारी संस्था। समयक्रमसँगै व्यावसायिक सफलता चुलिएपछि उनीहरुकाे पसलमा ग्राहककाे घुँइचाे लाग्ने गर्छ। कति ग्राहकलाई फिर्ता पठाउनुपरेकाे सुनाउँछन् थापा दम्पती। भन्छन् 'यसले मन खिन्न हुन्छ। भाेलीपल्ट आइदिदैनन् कि भन्ने डर लाग्छ। तर भाेलिपल्ट उनीहरु समयमै आएर नास्ता खाएर जान्छन् । मन हल्का हुन्छ।'
अहिले खड्का दम्पतीकाे दैनिकी बिहानको तरकारी तथा आवश्यक सर-सामानकाे खरिदबाट सुरु हुन्छ। पत्नी तारा थापा खाना बनाएर बच्चालाई विद्यालय पठाएपछि महिनावारी खानाका ग्राहक पन्छाउछिन्। खड्ग नास्ताको तयारी गर्छन्। दिनभरी ग्राहककाे राेजाइअनुसारकाे नास्ता दिन्छन्। साँझ फेरि महिनावरी खाना खाने ग्राहक पर्खन्छन्।
साँझ अवेरसम्म भाँडा माझेपछि दैनिकी सकिन्छ। दिनमा खाजा, नास्ता, खानामा भएकाे लागत कटाएर सरदर दैनिक दुई हजार बचत गर्ने गरेका छन्। यसरी मासिक साठी हजार न्यूनतम बचत हुने उनीहरुको भनाइ छ। कमाई साेचेभन्दा राम्राे छ। 'मिहिनेत गर्ने र लाज नमानी श्रमको इज्जत गर्ने हो भने विदेश जानु नपर्ने रहेछ। कामको लागि पनि भौतारिनु पर्दैन रहेछ,' हँसिलो मुहार बनाउँदै एक स्वारमा बाेल्छन् उनीहरु ।
थापा दम्पतीले हालसम्म कही कतै तालिम लिएका छैनन्। तरपनि उनकाे हाेटल स्वास्थ, स्वादिष्ट खाजा, नास्ता तथा खानाका पर्याय बनेको छ।
पेटभित्रै मिठा परिकार बनाउन सिकेर जन्मेजस्ता लाग्छन्। कुराकानीमा फेरी एकपल्ट स्मृतिकाे गहिराइमा डुबुल्की मारेर विगतलाई वर्तमानसँग तुलना गर्छन् 'पहिला अरुकाे काम गर्दा तथा कामको लागि भौतारिदा बन्दी जस्ताे भइन्थ्याे। आज आफ्नै व्यवसाय संचालन गर्दा जीवन फेरियाे,' भन्छन् 'अहिलेको पेसाबाट निक्कै आनन्दित छौं।'
दुई कोठाबाट सामान्य चना अण्डा र चियाबाट सुरु गरेका उनीहरुले अहिले घरको तल्लो तलाको ६ कोठा प्रयोगमा ल्याएका छन्। तर पनि पुगेका छैनन्। व्यवसायकाे विस्तारसँगै उनीहरु हाेटलमा काम गर्ने कर्मचारीकाे पनि खाेजी गरिरहेका छन्। तर असल कर्मचारी नपाइएकाेमा गुनासाे गर्छन्। पाइए पनि काम ठग्ने बानी ठूलो समस्या छ जस्ताे लाग्छ।
युवाहरुले काम नगरी खाली समय खेर फालेको देख्दा उनी चिन्तित हुन्छन्। अरु देशमा सरकारले बेकामे युवाहरलाई काममा लगाउन अनेक उपाय निकाल्लछ। तर हाम्राे सरकार तीनै युवाहरुलाई विदेशमा नाेकर बनाउन फ्रि भिसा, फ्रि टिकट जस्ता नारा लगाउँछ।
सरकार आफैँ गल्लावालाकाे काम गर्छ। याे उभाे लाग्ने मेसाे हाेइन। हाम्राे सरकारी तवरबाट भएकाे कमजाेरी यही हाे। खेर गएकाे समयलाई सदुपयाेग गर्ने र सीपमूलक, आयमूलक गतिविधि नगर्नु हाम्राे पनि कमजाेरी हाे। थापाकाे अनुभवबाट निर्मित धारणा हामीले सुन्यौं। यी उनले काम गर्दै जाँदा हासिल गरेकाे ज्ञान हुन्। यीनै कारणले 'हाेटल खड्का जी' का संचालक थापा परिवार सफल व्यवसायीकाे रुपमा स्थापित हुँदैछन्।