उपत्यकामा युवतीलाई तिखो बस्तुले घोच्ने कार्कीलाई धरौटीमा छोड्न अदालतको आदेश, छुटे लगतै पक्राउ

उपत्यकाभित्र युवतीहरुलाई तिखो वस्तुले घोचेर आतंक फैलाउने सन्तोष अदालतले धरौटीमा छोड्न आदेश दिएको छ।
जिल्ला अदालत काठमाडौंले कार्कीलाई ३ लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्ने आदेश दिएको छ।
धरौटी बुझाएर रिहा भएका कार्कीलाई पुन प्रहरीले नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिएका कार्कीलाई अभद्र व्यवहारमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरि अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

प्रकाशित मिति: : 2019-07-25 11:57:35

प्रतिकृया दिनुहोस्