वर्षाका कारण अधिकासं विमानस्थल बन्द, आन्तरीक तर्फका उडार रद्द

बुधबार अविरल वर्षाका कारण देशभरका अधिकांश विमानस्थल भन्द भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार देशका विभिन्न विमानस्थलहरु वर्षाका कारण बन्द गरिएको हो।
वर्षाका कारण चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, लुक्ला, भरतपुर र पोखरालगायतका विमानस्थल बन्द गरिएको छ।

भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थल मात्रै संचालनमा रहेको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रताव तिवारीले बताए। देशभर ३० वटा विमानस्थल संचालनमा रहेका छन।
वर्षामा भिजिबिलिटी कम तथा धावनमार्गमा पानी जमेपछि पूर्वनिर्धारित सबै उडान रद्द गरिएको छ।

प्रकाशित मिति: : 2019-07-24 12:29:01

प्रतिकृया दिनुहोस्