बिमानस्थलबाट ४ किलो लागूऔषसहित पोर्चुगिज नागरिक पक्राउ

बीएल

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ४ किलो अवैध लागूऔषध एम्फेटामाइन (आइस ड्रग्स) सहित एक पोर्चुगिज नागरिक पक्राउ गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली हुँदै जापान जान लागेका उनको साथबाट विमानस्थल प्रहरीले उक्त लागूऔषध सहित शुक्रबार नियन्त्रणमा लिएको हो।

विमानस्थल प्रहरीका अनुसार शुक्रबार दिउँसो साढे १ बजे इन्डियन एयरबाट दिल्ली हुँदै जापान जान लागेका पोर्चुगिज नागरिक राहदानी नं ७२०१२९२ बाहक २५ वर्षीय मेन्डिज पेरिरा टिआगोको साथबाट उक्त लागूऔषध बरामद गरेको हो।

मोबाइल, पर्स र मोबाइल कभरका बट्टामा फल्स बटन बनाई सो परिणामको लागूऔषध विदेश लैजान लागेका थिए।

पक्राउ परेका मेन्डिजलाई प्रहरी हिरासतमा राखि आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2019-07-19 18:21:48

प्रतिकृया दिनुहोस्