‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
श्याम राना मगर
थाप्लोमा नाम्लो। ढाडमा बडेमानको भारी। सकिनसकी बोकेर सडक बीचमा बसेका छन् एक युवक। अर्थोकको होइन यो भारी। यो त महँगी र भ्रष्टाचारको हो। गुणस्तरहिन सडकको हो। हत्याको हो। अन्यायको हो। दमनको हो।
मंगलबार पोखराको मानवअधिकार चोकमा यस्तै दृश्य देखियो। सधै सवारीको ट्याट्या र टु टु ले व्यस्त भईरहने यो सडक नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले देशव्यापी नेपाल बन्दको कारण सुनसान छ।
पेट्रोलियम पदार्थमा मुल्य बृद्धिको विरोध गर्दै विप्लवले राखेको बन्दका कारण बजार खुलेको छैन। सार्वजनिक सवारी चल्न पाएका छैनन्। सर्वसाधारणले दु:ख पाएका छन्।
तर, विवेकशिल साझा पार्टीका केही कार्यकर्ता बेथितिबारे प्रश्न उठाउदै सांकेतिक विरोधमा उत्रिए। यो विरोध बेथितिको मात्र थिएन। बन्दको विरोधमा पनि थियो। बन्द समाधान नरहेको बताउ उनीहरुले नेपाल खुल्लै हुनुपर्ने माग समेत राखे। विवेकशील साझा पार्टीका कास्की जिल्ला अभियान संयोजक रामबहादुर थापाले बेथितिको विरुद्धमा आफुहरु पनि रहे पनि शैली जनताले दुख दिने नरहेको धारणा राखे।
कास्कीमा ८ बन्दकर्ता पक्राउ परेका छन्।





‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया