नाता खुलाएर होटलमा बसेका ग्राहकलाई प्रहरीले दुव्र्यवहार गर्यो  : होटल ब्यावसायी

चितवनका होटल, रेष्टुरेन्ट तथा लजहरुमा प्रहरीले मनपरी रुपमा छापा हानेर ग्राहकहरु पक्राउ गरेको भन्दै होटल व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् । गत सोमबार चितवन प्रहरीले जिल्लाका विभिन्न होटल, रेष्टुरेन्ट तथा लजहरुमा छापा मारेर ९७ जना व्यक्तिलाई पक्राउ गरेको प्रति व्यवसायी रुष्ट बनेका हुन् । 

नाता खुलाएर होटलमा बसेका सेवाग्राहीलाई प्रहरीले जथाभावी पक्राउ गरेर चितवनलाई बदनाम गराएको भन्दै व्यवसायीहरु आक्रोशित बनेका हुन्।
क्लिन चितवनको नाममा छापा मारेर शान्त चितवनलाई बदनाम गराउने प्रहरीको अभियान गलत भएको भन्दै आगामी दिनमा यस्तो कार्य नगर्न समेत प्रहरीलाई आग्रह गरिएको छ ।

होटलमा छापा मार्ने नाममा प्रहरीले मानव अधिकार हनन गरेको समेत होटल व्यवसायी संघ चितवनका संस्थापक अध्यक्ष सुवास प्रधानले आरोप लगाए। शान्ति सुरक्षाका नाममा प्रहरीले आम नागरिकलाई दुख दिएको उनको भनाई छ।
गलत काम गर्नेलाई कारवाही गर्नु ठिकै हो, तर प्रहरीले आफुले पाएन भनेर प्रतेक ब्यापारीलाई दुख दिन भएननी उनले भने।

 

प्रकाशित मिति: : 2019-07-19 10:15:59

प्रतिकृया दिनुहोस्