सालीसँगको अनैकित सम्वन्धकै कारण श्रीमानले श्रीमतीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। पोखरा महानगरपालिका-१५ कान्तिपुर चोककी २७ वर्षीया लक्ष्मी परियारलाई उनकै श्रीमान रमेश नेपालीले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
साली अनु परियारसँगको अनैतिक सम्वन्धका बारेमा श्रीमतीले जानकारी पाएपछि उनको कुरा बाहिर आउने डरले परियारले श्रीमतीको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।
श्रीमान रमेश नेपाली र साली अनु मिलेर भोजपुर नगरपालिका-५ बैंकरोडका ३२ वर्षीय संजय शर्मा, सर्लाही ईश्वरपुर नगरपालिका-३ तीनघरियाका २६ वषीय चित रञ्जन कुमार साहलाई प्रयोग गरी श्रीमतीको हत्या गर्न लगाएका थिए।
नेपालीले गत असार १ गते श्रीमतीको हत्या गरी जंगलमा शव फालेको अवस्थामा फेला परेको थियो।
हत्यामा संलग्न चारै जनालाई प्रहरीले पक्राउ गरेको छ।
लामो समयदेखि सालीसँग अनैतिक सम्वन्ध भएको र उक्त कुरा श्रीमतीले थाहा पाएपछि कुरा बाहिर जाने डरले हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका चारैजनालाई प्रहरीले थुनामा राखि आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।