काठमाडौं । बालाजुमा एक युवतीको आत्महत्यामा शंका लागेपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले १६ वर्षिया जेनी तामाङले आत्महत्या गरेको भन्दै अस्पताल पुर्याएका दुई जनालाई नियन्त्रणमा लिएको हो।
एक युवक र युवतीलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी बाल नरसिंह राणाले जानकारी दिए।
गत सोमबार युवती तामाङ सलमा झुन्डिएको भन्दै दुई जनाले विनायक अस्पताल पुर्याएका थिए। प्रहरी नियन्त्रणमा रहेका उनीहरूले जेनीले सलमा झुन्डिएर आत्महत्या गरेपछि बच्ने आसले अस्पताल लगेको बयान दिएका छन्।
प्रहरीको प्रारम्भीक अनुसन्धानमा अस्पताल लग्ने युवक जेनीको प्रेमी भएको खुलेको छ।
त्रिपुरेश्वरको सुकुम्वासी बस्तीमा बस्दै आएकी जेनी सोमबार बर्थ डे मनाउन प्रेमीको कोठामा पुगेकी थिइन्।