कोशी ब्यारेजमा पानीको सतह बढेपछि बिहारमा ‘हाई अलर्ट’, ५६ वटै ढोका खोलियो

बिहारकाे पन्डाैल गाउँ, जहाँ बर्षाका कारण तीन तला घर भाँसिएकाे छ। तस्विर एजेन्सी

कोशी ब्यारेजको पानी सतहभन्दा धेरै माथी पुगेपछि भारत सरकारले बिहार राज्यको केही स्थानमा ‘हाई अलर्ट’ जारी गरेको छ। शनिबार बर्षाका कारण कोशीमा पानीको सतह ३ लाख ७१ हजार १ सय १० क्युसेक पुगेपछि ५६ वटै ढोका खोलिएको छ।

बिहारका मुख्य मन्त्री नितिश कुमारले कोशीको धारमा बसेको बस्तीहरूमा उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्।

नेपाललगायत भारतमा पनि परेको पानीले बिहारमा १२ जनाले ज्यान गुमाइसकेका छन्।

प्रकाशित मिति: : 2019-07-14 01:10:55

प्रतिकृया दिनुहोस्