भारतीय पक्षले बाँध नखोल्दा रौतहट जोखिममा

बिएल

भारतीय सरकाले विभिन्न नदीको डाइभर्सन नखोल्दा प्रदेश नम्बर २ को रौतहटका विभिन्न गाउँहरू डुवानमा परेका छन्।

बागमती र स्थानीय लाल बकैया नदीको बाँधमा पानीको सतह बढेपछि रौतहट उच्च जोखिममा परेको छ। मौसम पूर्वानुमान शाखाले थप दुई दिन बर्षा हुने भविष्यवाणी गरिसकेको छ ।

गृह मन्त्रालयले शनिबार रौतहटको १ सय ५२ घर प्रभावित भएको बताएको छ। सीमा नजिकै बनेको बाँध भारतले नखोल्दा रौतहट थप जोखिममा रहेको स्थानीयले बताएका छन्। रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापा सरकारमार्फत बाँध खोल्न प्रयास भइरहेको बताउँछन्।

‘स्थानीय र सरकारी स्तरमा कुरा भइरहेको छ,’ उनले भने।

प्रकाशित मिति: : 2019-07-13 14:17:49

प्रतिकृया दिनुहोस्