भारतमा ‘अत्याधिक गर्मीका’ कारण चार रेलयात्रीको मृत्यु

Agency

भारतमा विगत दुई हप्तादेखि बढेको ‘अत्यधिक गर्मी’का कारण राजधानी नयाँ दिल्लीबाट झाँसी गइरहेको केरला एक्सप्रेसको रेलभित्रै चार जना यात्रीको मृत्यु भएको छ।

भारतीय अधिकारी तथा प्रत्यक्षदर्शी यात्रुका अनुसार मृतक रेलयात्री चारैजनाको अत्यधिक गर्मीका कारण मृत्यु भएको हो। मृतकमध्ये एक जना ८१ बर्षीय वृद्ध भएको पनि बताइएको छ ।

मृतकको शव झाँसीमा रेलबाट उतारिएको छ। आगराबाट ६५ जनाको एक समूह कोयम्बतूर गइरहेको थियो।

‘रेल यात्रुको मृत्युको कारण अत्यधिक गर्मी हुनसक्छ। यो साच्चिकै अकल्पनीय र दुर्भाग्यपूर्ण घटना भएको छ,’ भारतीय रेल सेवाका प्रवक्ता अजित कूमार सिंहले भने, ‘रेल जव झाँसी नजिकै पुगेको थियो त्यति नै वेला एक यात्रु विरामी भएको भनेर हामीलाई फोन आयो। तत्काल स्वास्थ्यकर्मीसहितको टोली त्यहाँ पुग्दा यस पहिले नै तीन जनाको मृत्यु भइसकेको थियो।’

एक जनाको उपचारका क्रममा अस्पतालमा निधन भएको सिंहले जानकारी दिए।

उक्त दिन उत्तर प्रदेशको झाँसी र वरपरको तापक्रम ४५ डिग्री सेल्सियस थियो।

प्रकाशित मिति: : 2019-06-11 23:15:27

प्रतिकृया दिनुहोस्