माइतीघरमा गुठी विधेयकको विरोध गर्ने र प्रहरीबीच झडप, स्थिति नियन्त्रण लिन पानीको फोहोरा

तस्बिरः बिएल

सरकारले संसद्‍मा दर्ता गराएको गुठीसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयक विरूद्ध राजधानीमा भइरहेको विरोध प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।

प्रहरीले प्रदर्शनकारीलाई हटाउन पानीको फोहरासहितको बल प्रयोग गरेको छ। प्रहरीसँगको झडपमा परी केही प्रदर्शनकारी घाइते भएका छन्। यस्तै प्रदर्शनकारीको ढुंगा केही प्रहरी पनि घाइते भएका छन्।

उक्त विरोध कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका विभिन्न प्राचिन गुठीका गुठियारहरुको सहभागिता थियो। गुठी सम्बन्धी संशोधन विधेयक जस्ताको तस्तै पारित भए धर्म, संस्कृति र सम्पदाको अस्तित्व नै मेटिन सक्ने विज्ञहरुले चेतावनी पनि दिएका छन्।

विधेयक संविधानविपरीत भएकाले खारेज गर्न उनीहरूको माग छ। मुलुकमा देवीदेवताका नाममा ७ लाख ५६ हजार बिघा जमिन र २ हजार ६ सय गुठी छन्। परापूर्वदेखि चलिआएका ती गुठीका जग्गा हडप्ने र आफ्ना मान्छे भर्ती गर्ने नियतले सरकारले गुठीसम्बन्धी कानुन संशोधन गर्न लागेको भन्दै सरोकारवालाले आपत्ति जनाएका हुन्।

सरकारले वैशाख १६ गते संघीय संसद्मा दर्ता गराएको विधेयकमा गुठी संस्थान खारेज गरी गुठी प्राधिकरण बनाउने व्यवस्था छ।

प्रकाशित मिति: : 2019-06-09 16:32:56

प्रतिकृया दिनुहोस्