सुदूरपिश्चमको कैलालीमा बिहीबार साँझ आएको हावाहुरीबाट मर्नेको संख्या दुई पुगेको छ।
मर्नेहरूमा टीकापुर नगरपालिका २ का लहानु डंगौरा चौधरी र गोदावरी नगरपालिका ४ का वीरबहादुर चौधरी रहेका छन् । डंगौराको कुखुरा फार्ममा रहेको पर्खाल भत्किँदा र चौधरीको हावाहुरीका बेला मोटरसाइकल चलाउने क्रममा टिपरमा ठोक्किँदा मृत्यु भएको हो ।
कैलाली जिल्ला प्रशासन कार्यालयका अनुसार हावाहुरीका कारण ७६ जना घाइते भएको पाइएको छ । घाइतेमध्ये गम्भीर अवस्थामा रहेका चारजनाको उपचारका लागि भारत पठाइएको बताइएको छ ।
यो समाचार तयार पार्दासम्म हावाहुरी रोकिएको छ । विद्युतसेवा भने अवरूद्ध नै रहेको बताइएको छ ।