लाखौ रकम घुस खाएको आरोपमा प्रहरी निरीक्षक अख्तियारको कारबाहीमा परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली चालक खडा गरेर केस मिलाउन लाखौं रकम लिएको अभियोगमा इलाका प्रहरी कार्यालय गौडाकोटका प्रहरी निरीक्षक लोकबहादुर जिसीलाई नियन्त्रणमा लिएको हो।
निरीक्षक जिसिले गत वैशाख ११ गते बोधराज पाण्डेयले चलाएको जिपले ठक्कर दिएर मोटरसाइकलको पछाडि बसेको एक महिलाको मृत्यु भएको थियो।
महिलाको मृत्यु भएपछि पाण्डेयले १० लाख रुपैयाँ दिएर नक्कली चालक खडा गर्न अनुरोध गरेका थिए।
प्रहरी निरीक्षक जिसिले पैसाको लोभमा पाण्डेको ठाँउमा महतो थरका एक व्यक्तिलाई नक्कली चालक बनाएर उम्याएको अनुसन्धानमा देखिएको अख्तियार स्रोतले जानकारी दिएको छ।