देशकाे अर्थतन्त्र बलियाे बनाउन उत्पादन हुनुपर्छ।पर्याप्त मात्रामा उद्याेग हुनु नै राष्ट्रिय अर्थतन्त्र बलियाे हुने आधार हाे।
जतिबेला नेपालमा फलाम खानी, तामा खानी, कपाससँग सम्बन्धित उद्याेग थिए र गाँजा खेती थियाे त्यतिबेला नेपाल आत्मनिर्भर भएकाे इतिहास पढ्न पाइन्छ।
नेपाली शासकले बेलायती उपनिवेशवादीबाट आफ्नाे सत्ता गुम्ने डरले नेपालमा भएका उद्योग र खेतीपाती बन्द गराएपछि नेपालमा परनिर्भरताकाे सिलसिला सुरु भएकाे हाे, जो आजपर्यन्त कायम छ।
अहिले आत्मनिर्भरताकाे बहस सुरु भएकाे छ। यसअनुसारका स-साना प्रयास पनि भएका छन्।
तीमध्येकाे एउटा पर्यटन क्षेत्र पनि हाे। राष्ट्रिय अर्थतन्त्र निर्माणकाे प्रमुख आधार पर्यटन नभए पनि यसले महत्त्वपूर्ण सहायककाे भूमिका निर्वाह गर्छ।
नेपाल आकारमा सानाे देश भएपनि विविधतामा धनी छ।प्राकृतिक सन्दरता पनि उत्तिकै मनमोहक छ।अध्ययन गर्नेकाे निम्ति खुला विश्वविद्यालय जत्तिकै छ।दृश्यावलाेकन र साहसिक पर्यटनकाे हिसाबले पनि उत्कृष्ट गन्तव्य मान्न सकिन्छ। स्वदेशी तथा विदेशी सबै पर्यटककाे लागि।
सबै क्षेत्रमा पर्यटक पुर्याउनको लागि पर्यटक सुहाउँदो बासस्थानकाे राम्राे प्रबन्ध हुन आवश्यक छ। सहरी क्षेत्रमा ठुलठुला तारे हाेटल छन् तिनले बसाेबासकाे व्यवस्था मिलाउँछन्।ग्रामीण भेगमा ठुला हाेटल सम्भव नभएपछि तिनकाे विकल्पकाे रुपमा हाेमस्टेकाे अवधारणा आएकाे छ।
नेपालमा सरकारले २०६७ मा होमस्टे सञ्चालन कार्यविधि ल्याएको छ । होमस्टे भनेको के हो, कस्तो हुनुपर्छ, कहाँ खोल्न पाइन्छ, खोल्दा के–के प्रक्रिया अपनाएपछि सरकारी मान्यता पाइन्छ, व्यक्तिले खोल्ने हो कि समूहले जस्ता प्रावधान कार्यविधिमा छन्।
घरकाे काेठा, काेठाकाे वातावरण, सुविधा आदि पनि कार्यविधिमै उल्लेख छ। सकेसम्म स्थानीय उत्पादन खुवाउने, स्थानीय स्राेत साधनकाे प्रवर्द्धन गर्ने र स्थानीयले नै लाभ लिउँन् भन्ने उदेश्य कार्यविधिमा उल्लेख छ। त्यसैअनुरुप सरकारले यश क्षेत्रमा लगानी पनि गरिरहेकाे छ। तर त्याे लगानीकाे प्रतिफल त्यस क्षेत्रका जनताकाे नभई नेता तथा तिनका आसेपासेकाे हुँदैछ।
सरकारले आर्थिक वर्ष २०७५/०७६ मा जुम्लाका स्थानीय तहमा होमस्टे सञ्चालनका लागि दुई करोड रुपैया विनियोजन गरेकाे थियाे।याे प्रक्रिया भूमि तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लामार्फत् अघि बढाउने याेजना अनुसार बैशाख १९ सम्म प्रस्तावना पेश गर्ने समयसिमा थियाे।
जिल्लाका चारवटा ठाउँ कनकासुन्दरी गाउँपालिकाको बोतामालिका, हिमा गाउँपालिकाको बड्की तथा तातोपानी गाउँपालिकाको ऐरेनी र तातोपानीमा होमस्टे सञ्चालनका लागि बजेट छुट्याइएको थियाे।
ताेकेकाे अवधिमा चारवटा प्रस्तावना पेश भए। कनकासुन्दरीको बोता बाहेक तीनवटै स्थानमा होमस्टे सञ्चालनका लागि पहुँचवालाले नै रजाइँ गरे।तातोपानीको ऐरेनीमा सञ्चालन हुने भनिएको हाेमस्टे सञ्चालन समितिमा गाउँपालिकाकी उपाध्यक्ष गंगादेवी उपाध्यायका श्रीमान दिपकप्रसाद उपाध्याय अध्यक्ष र पूर्वराज्यमन्त्री गाेमा कुँवर सचिव भएकाे प्रस्तावना पेस भएकाे छ।
त्यस्तै हिमा बड्कीमा पनि होमस्टे सञ्चालनकाे विषयमा बिवाद छ।पहुँचका आधारमा एकलौटी रुपमा आफ्नो परिवारलाई मात्रै केन्द्रित गरेर सरकारी रकमको दुरुपयोग गरेको आरोपमा वडा कार्यालयमा ताला लागेकाे छ।
याे विवाद भूमि तथा जलाधार व्यवस्थापन कार्यालयसम्म आइपुगेकाे छ।जलाधार व्यवस्थापन अधिकृत शेरबहादुर श्रेष्ठ जुम्लामा सञ्चालन गर्न लागिएको चारवटा होमस्टेमा तीनवटामा विवाद चर्केकाे बताउँछन्।
नियमले राजनीतिक पृष्ठभूमिकाकाे समिति हुनु हुन्न भन्छ तर होमस्टे सञ्चालन समितिमा नियम विपरीत पहुँचवालाकाे हालीमुहाली देखिन्छ।
कम बजेटका सानातिना र खास दुरगामी प्रभाव नपर्ने खालका याेजनामा स्थानीयबासीकाे पहुँच पुगेकाे जस्ताे देखाइए पनि बढी मुनाफा लिन सकिने खालका आयाेजनामा घुमाइफिराइ आफू, नभए आफ्ना वरिपरिकाकाे हालिमुहाली गराउने प्रवृत्ति काठमाडौंको सिंहदरवारमा मात्र हैन, गाउँगाउँका सिंहदरवारसम्म डढेलो सल्केझै सल्किएको छ।
यो त अहिले सतहमा आएकाे एउटा प्रतिनिधिमुलक घटना मात्र हाे। यस्ता कयौं आयाेजना छन् जसले विकासकाे पवित्र उदेश्यमाथि हिलाे छ्याप्ने र आफ्ना पोस्ने काम मात्र भैरहेकाे छ।
हामेस्टे कार्यविधिले ग्रामीण क्षेत्रका जनताकाे जीवनस्तर उकास्ने उद्देश्य लिएकाे छ।तर, विकासकाे बाधककाे रुपमा दलीय व्यवस्था हाजिर छ। यसमा कुनै न कुनै माध्यमबाट आफ्नाे वर्चस्व कायम राख्न स्थानीयस्तरका नेता सफल भएका छन्। अनि कसरी हुने सिमान्तकृत र पछाडि पारिएका जनता आत्मनिर्भर ? कसरी उकासिन्छ ग्रामीण जनताकाे जीवनस्तर ?