सरकार बाध्यकारी मर्जरको पक्षमा छैन्ः अर्थमन्त्री खतिवडा

फाइल तस्बिर

अर्थमन्त्री डाक्टर युवराज खतिवडा बैंकहरुलाई मर्जरमा जान बाध्यकारी नभएको बताएका छन्।

बुधबार काठमाडौंमा कामना सेवा विकास बैंकको १३ औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले बैंक मर्जर कसैको करकाप र हतारमा गरिने बिषय नभएको बताए। उनले सरकार बाध्यकारी मर्जरको पक्षमा नरहेको र नेपालमा बाध्यकारी मर्जर गराउन सम्भव नरहेको बताए।

दक्षिण एसियामा नेपालका बैंकहरु नियमनकारी निकायको सुपरिवेक्षणको हिसाबले, निष्कृय कर्जाको हिसाबमा र सपूर्ण व्यवस्थापनको हिसाले तुलनात्मक रुपमा उत्कृष्ट भएको उनले बताए। उनले बैंकहरुले आफू बलियो बन्न ग्राहकलाई पनि बलियो बनाउनुपर्ने बताए।

उपभोगमा गर्ने कर्जा लगानीले एक पटक नाफा भएपनि दीर्घकालिन रुपमा भने नहुने तर उत्पादन कर्जा थोरै भएपनि दीर्घकालिन नाफा हुने उहाले बताए।

मन्त्री खतिवडाले विकास बैंकलाई साना तथा मझौला उद्योगमा लगानी बढाउन आग्रह पनि गरे।

प्रकाशित मिति: : 2019-11-13 15:24:30

प्रतिकृया दिनुहोस्