नेपालमा सुन तोलाको ६९, ५०० : किनबेच ठप्प, पसल नै बन्द गर्नुपर्ने अवस्था

नेपाली बजारमा सुनको भाउको अर्को कीर्तिमान ; तोलाको ७० हजार छुनै लाग्यो । तस्बिर : फाइल

नेपालमा सुनको भाउ कीर्तिमानी गतिमा बढिरहेको छ। हरेक दिन नयाँ कीर्तिमान बनाउँने क्रममा बुधबार नेपालमा सुन तोलाको ६९ हजार पाँच सम्म पुगेको छ। मंगलबार मात्र ६८ हजार पुगेको सुनको भाउ बुधबार तोलको १ हजार ५ सय बढी ६९ हजार ५ सय पुगेको हो। 

अन्तर्राष्ट्रिय बजारमा प्रतिऔस २७ अमेरिकी डलर बढेपछि त्यसैको प्रभावमा नेपाली बजारमा सुनको भाउले यो कीर्तिमान बनाएको हो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रतिऔस १ हजार ४ सय ५९ अमेरिकी डलरमा कारोबार भएकोमा बुधबार बढेर प्रतिऔस १ हजार ४ सय ८६ अमेरिकी डलर पुग्यो। 

यो पनि हेर्नुहोस् 

मन्त्री भट्टराईले भने आइकाओको परीक्षामा पास भयौं

सुनको भाउ बढेसँगै नेपाली सुनचाँदी बजार पनि गम्भीर रूपमा प्रभावित भएको छ । सुनको किनबेच लगभग ठप्प छ। सुन किन्न आउने ग्राहक नै छैनन्। बेच्न आउनेहरू भए पनि उनीहरूको सुन पसलले  किन्न सकेका छैनन्। पसलेहरू भन्दैछन्- यस्तो अवस्थामा पसल बन्द गर्नुको विकल्प नै छैन।

सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा अरू बढ्ने सम्भावना देखिन्छ। बजार विज्ञहरू भन्छन् - सुनको भाउ डिसेम्बरसम्ममा कम्तिमा पनि प्रतिऔस एक हजार पाँच सय पुग्न सक्छ । 

यो पनि हेर्नुहोस्

संगीत घरका मालिक रमण

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्नुमा अमेरिकी राष्ट्रपति ट्रम्पको चीन नीति नै रहेको बताइएको छ। उनले चिनियाँ सामानमा भन्सार बढाइदिएपछि चीनले आफ्नो मुद्रा युआनको भाउ घटाइ दियो। त्यसको प्रभाव अमेरिकालगायत संसारभरकै सेयर बजारमा पर्यो। सेयर बजार धराशायी हुने बितिकै लगानीकर्ताहरू सुनतिर आकर्षित भए ।

यसैबीच भारतले जम्मु कश्मिर राज्यको विशेषाधिकार हटाएर केन्द्रशासित दुई राज्य बनाइदिएपछि तयहाँ बढेको अनिशि्चतताको प्रभाव पनि सुन बजारमा परेको बताइन्छ।

प्रकाशित मिति: : 2019-08-07 19:41:09

प्रतिकृया दिनुहोस्