युरियाको चर्को अभाव

Agency

कञ्चनपुरका किसानलाई धानखेतीका लागि रासायनिक मल युरियाको चर्को अभाव भएको छ। अनुदानको मल नपाएपछि किसानले भारतबाट अवैधरूपमा भित्र्याइएको रासायिनक मल युरियाको प्रयोग गर्नुपरेको छ ।

व्यापारीले तोकेको चर्को मूल्यमा किसानले युरिया खरीद गर्दै आएका छन् । भारतबाट भित्र्याइएको मलसमेत थोरै मात्र किसानले पाएका छन् । ‘भारतबाट खरीद गरेर मल ल्याउँदा सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले ल्याउन दिँदैनन्’, स्थानीय किसान बाधुराम चौधरीले भने, ‘बजारमा युरिया मल छैन । पाइएको मल खरीद गरिनसक्नु मूल्यको छ।’

‘धान रोपेको २० दिनभित्र युरिया छरिसक्नु पर्दछ’, अर्का किसान बैदार चौधरीले भने, ‘धान रोपेको महीना दिन बित्नै लागेको छ । अहिलेसम्म मल पाइएको छैन।’ भारतबाट भित्र्याइएको युरिया ४५ किलोको बोराको किसानले रु दुई हजार ३० तिर्नुपरेको छ । मल बिक्रेताले मनोमानीरुपमा मूल्य कायम गरी मल अभाव भएको फाइदा उठाउँदै चर्को मूल्यमा युरिया मल बिक्री गर्दै आएको किसानको गुनासो छ ।

ओली महाराज, कम्तिमा अलिकति शर्म त गरिबक्सियोस् !

यसरी चल्छ परदेशको जिन्दगी!

न प्रचण्ड 'हेग' ल्याइन्छन्, न 'हिरो' हुन्छन्

अनुदानको रासानिक मलको बिक्री दररेट प्रतिक्विन्टल रु एक हजार ६६२ रहेको छ । अनुदानको मल बिक्रीको जिम्मा पाएको कृषि सामग्री कम्पनीको शाखा भीमदत्तनगरले मागअनुरूपको मल आपूर्ति गर्न नसक्दा किसानले हैरानी खेप्नुपरेको हो ।

कृषि सामग्री कम्पनीले यस वर्ष ८१ मेट्रिकटन मात्रै रासानिक मल आपूर्ति गरेको थियो । सो मल असार महीनामै सकिएको छ । कम्पनीको दुई हजार ५०० मेट्रिकटन युरिया खरीद गर्ने लक्ष्य भए पनि थोरै मात्रै आपूर्ति हुँदा अभाव भएको कम्पनीका निमित्त कार्यालय प्रमुख बलबहादुर शाहले बताए।

 युरिया समयमै खरीद गर्न नसक्दा र ढुवानीको समस्याले आपूर्ति हुननकेको उनको भनाइ छ । ‘तत्काल युरिया आउने सम्भावना छैन’, उनले भने, ‘भर्खरै भारतको कोलकाता बन्दरगाहमा पुगेको भन्ने खबर छ । त्यहाँबाट यहाँसम्म आइपुग्न अझै एक महीना लाग्छ।’

प्रकाशित मिति: : 2019-08-06 09:03:14

प्रतिकृया दिनुहोस्