भारतबाट भन्सार छल्दै तस्करी गरेर ल्याइएका सामान प्रहरीले आईतबार नियन्त्रणमा लिएर भन्सारलाई बुझाएको छ। मोरङ प्रहरी प्रवक्ता डीएसपी राजकुमार खिउजुका अनुसार गत बिहीबार विराटनगर महानगरपालिका–६ केशलिया नहरबाट बरामद भएको ८४ हजार रुपैयाँ बराबरको कपडा र किराना सामान भन्सार बुझाइएको छ।
त्यस्तै मोरङको बुढीगंगा गाउँपालिका–४ बाट बरामद भएको ५० हजार मूल्य बराबरको किराना सामान पनि भन्सार बुझाइएको छ।
उनका अनुसार शनिबार बेलुका विराटनगर–६ भट्टीमोड जाने सडकबाट बरामद भएको १६ हजार मूल्य बराबरको कुर्तसलवार पनि भन्सार बुझाइएको छ । भारतबाट कपडा लगायतका सामानको अवैध तस्करी हुने गरेको पाइएपछि नियन्त्रणका लागि विशेष निगरानी बढाउन थालिएको प्रहरीले बताए ।
याे पनि पढ्नुहाेस।
भ्रष्टाचारी र घुस्याहाको पोल खोल्दै पोलिग्राफ