अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
प्रतिस्णा रेग्मी
भक्तपुरका रोशन प्रजापति अहिले पाला ‘दियो’ बनाउनमा भ्याई नभ्याई छन्। तिहार नजिकिएसँगै उनी माटाेका पाला बनाउनमा व्यस्त भएका हुन्।
साधारण दिनहरूमा व्यस्तै रहने उनलाई अहिले त झन खाना खाने समेत फूर्सद छैन। उनी भन्छन्, 'पैसा कमाउने बेला अहिले नै हाे, त्यसैले दिनरात नभनी काम गर्दैछु।'
झिलीमिलीकाे पर्व तिहार आएसँगै उनीकहाँ पाला किन्न आउनेहरूकाे पनि घुइँचाे बढ्न थालेकाे छ। त्यसैले त उनलाई श्रीमतीसँगै छाेराले पनि पाला बनाउनमा सघाइरहेका छन्। तीन जनाले पाला बनाउन थालेपनि पालाकाे 'अर्डर' पूरा गर्न नसकेकाे उनी बताउँछन्।
'याे पटककाे तिहारमा मलाई चार लाख रूपैयाँकाे अर्डर आएकाे छ' उनी बिएल नेपाली सेवासँग भन्छन्, 'मैले ३५ हजार वटा जति पाला बनाउनु पर्नेछ।' लक्ष्मी पूजाका दिनसम्म ग्राहकलाई पाला बुझाउनुपर्ने भएका कारण उनी सबेरै उठ्न थालेका छन्।
उनी बिहानकाे चार बजे उठ्छन् त्यसपछि दुवाकाेट, साँखु र हरिसिद्धी पुगेर काली माटी ल्याउँछन्। अनि माटाेलाई मुछेर पाला बनाउन सुरू गर्छन्। हिजाेआज त्यसैगरी नै बितिरहेकाे छ, राेशनकाे दिनचर्या।
आफ्नाे जीजुबाजेकाे कामलाई स्कुल पढ्दापढ्दै सम्हालेका कारण आफू खुसी भएकाे उनी बताउँछन्। राेशनसँग पढेका उनका दाैतरीहरू विदेश गए, काेहीँ त उत्तै नै पलायन भए तर उनलाई यूराेप जानमा कुनै माेह नै थिएन। उनलाई त स्वदेशमै बसेर काम गर्नु थियाे। उनलाई त पूर्खाकाे काम माटाेसँग खेल्न थियाे।
उनले १४ वर्षकाे उमेरमा पहिलाे पटक माटाे मुछेर पाला बनाएका थिए। जुन कुरा उनलाई हिजाेझैँ लाग्छ। 'सुरूकाे दिनमा पाला बनाउँदा म धेरै खुसी थिएँ, मेरा आँखाबाट खुसीका आँसुहरू बगेका थिएँ' उनले भने, 'त्यसपछि मैले यहीँ पेशा गर्ने निर्णय गरेँ।'
स्वदेशमै बसेर रमाएका राेशन अहिले आफ्नाे कामप्रति निकै खुसी छन्। भन्छन्, 'यहीँ कामले मेराे परिवारकाे पेट भरिरहेकाे छ। त्यसैले म धेरै खुसी छु।'
भक्तपुर ‘पोटरी स्क्वायर’ मा ५० घरहरू छन्, जहाँ प्रजापतिहरूले आफ्नाे डेरा जमाएका छन्। त्यहीँ नै उनीहरूले माटाेका भाँडा बनाउँछन् अनि त्यसैलाई बेचेर आफूसँगै परिवारकाे पेट पालिरहेका छन्।
विगतका दिनमा काेराेना कहरमा पालाकाे व्यापार नभएतापनि अहिले पालाकाे माग बढिरहेकाे राेशन बताउँछन्।
'दुई वर्षअघि काेराेना काल भएकाे कारण सबै ठाउँ ठप्प थियाे। जसकारण हाम्राे कुनै व्यापार नै भएन। हामीलाई धेरै घाटा लाग्याे। तर अहिले पहिलेकाे तुलनामा पालाकाे व्यापार धेरै फस्टाएकाे छ' उनले भने, 'हाम्राे समुदायमा मात्र ४० लाखकाे पाला बनाउनुपर्ने अर्डर आएकाे छ। हामी धेरै नै व्यस्त छाैँ, त्यसैले हामीसँग अहिले एकअर्कासँग कुराकानी गर्ने समेत फूर्सद नै छैन।'

अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया