उपत्यकाका मुख्य सात चोकमा ओभरहेड र सुरुङमार्ग बनाउने प्रस्ताव

फाइल तस्बिर

भैतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ काठमाडौं उपत्यकाका मुख्य सात चोकमा ओभरहेड र सुरुङमार्ग बनाउने प्रस्ताव अगाडि सारेको बताएका छन् ।

सोमबार नागढुंगा सुरुङमार्गको उद्घाटन गर्दै मन्त्री महासेठले कोटेश्वर, नयाँ बानेश्वर, गौशाला, चाबहिल, कालिमाटी, त्रिपुरेश्वर र थापाथलीमा ओभरहेड ब्रिज र अण्डरपास विथ टनेल बनाउने प्रस्ताव रहेको बताए ।

मन्त्रालयको प्रस्ताव स्वीकृत भएसँगै टेण्डर लगायतका प्रक्रिया सुरु गर्ने उनले बताए ।

यस्तै मन्त्री महासेठले यो वर्षमात्र सात वटा सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन बनाउने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए । चित्लाङ, लामाबगर, सिद्धबाबा, खुर्कोट लगायतका स्थानमा सुरुङमार्गको डीपीआर बनाउने काम भइरहेको उनले बताए ।

प्रकाशित मिति: : 2019-10-21 17:36:34

प्रतिकृया दिनुहोस्