सरकारले चौतर्फी रूपमा विकासको काम गर्दै छ: प्रधानमन्त्री ओली

बिएल

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चौतर्फी रूपमा विकासको काम गरिरहेको दाबी गरेका छन्।

सोमबार नागढुंगा–सिस्नेखोला सुरूङमार्ग शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले कुरा गर्ने मान्छेले कुरा गरिरहे पनि सरकारले विकासको कामलाई तिब्र बनाएको बताए ।

उनले सबै आयोजनामा निर्माण कम्पनीलाई समयभित्र नै योजना पूरा गर्ने गरी काम गर्न आग्रह गरे।उनले फास्ट ट्रयाक सडक निर्माण तीव्र गतिमा निर्माण भइरहेको बताए।पूर्वपश्चिम हुलाकी राजमार्ग लगभग निर्माण सकिएको प्रधानमन्त्री ओलीको भनाइ छ।

‘एक लेनको सडक बनाउन छाडियो। चार, छ लेनको सडक बनाउन थालिएको छ। दुई सय ४३ वटा पुल निर्माण भए,’ उनले भने,यसरी बाटो बन्ने हो भने समस्या हुँदैन।’

प्रधानमन्त्री ओलीले कोसी र गण्डकीमा पानीजहाज चलाउनका लागि अध्ययन गरिराखेको पनि बताए।‘मैले पानीजहाजको कुरा गरे मान्छेहरूले उडाए,’ उनले भने, ‘पानीजहाज चलाउने गरी अध्ययन गरिराखिएको छ।’

प्रकाशित मिति: : 2019-10-21 16:29:03

प्रतिकृया दिनुहोस्