महरामाथि लागेको आरोपबारे छानबिन गर्न कांग्रेसका महामन्त्री शशांक कोइरालाकाे माग

बिएल

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुर्व्यबहारको आरोपबारे छानबिन गर्न माग गरेका छन्। नेपाल प्रेस युनियनले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यो गम्भीर आरोप भएकाले निश्पक्ष छानबिन गर्न माग गरेका हुन्। संसद सचिवालयकै महिला कर्मचारीले सभामुख महारामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी छन्। महराले भने आरोपको खण्डन गर्दै आएका छन्।

उनले रेडियो नेपालबाट निकालिएका पत्रकारको पुनर्वहाली गर्नुपर्ने माग पनि राखे। कार्यक्रममा काग्रेस नेता डाक्टर मिनेन्द्र रिजालले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले भय र त्रासको राज स्थापना गर्न खोजिरहेको आरोप लगाउनुभयो। तनहुँमा आफूमाथि ढुंगामुढा गरेबाट वर्तमान सरकारले मुलुकमा भय र त्रासको राज स्थापना गर्न खोजिरहेको पुष्टि भएको उनले दाबी गरे।

रिजालले नागरिकलाई भयभीत बनाएर सरकारले मुलुकमा अन्य लोकतान्त्रिक राजनीतिक दलहरुलाई गतिविधि गर्न नदिने योजना बनाइरहेको आरोप पनि लगाए।

 

प्रकाशित मिति: : 2019-10-01 15:24:33

प्रतिकृया दिनुहोस्