गृहमन्त्री थापा चढेको हेलिकोप्टर रामेछापको मन्थलीमा आकास्मिक अवतरण

बिएल

जनकपुरमा आयोजित २ नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा भाग लिन पुगेका गृहमन्त्री रामबहादुर थापा बादल काठमाडौं फर्किएका छन् ।

काठमाडौंबाट जनकपुर जाने क्रममा बाक्लो कुहिरोको कारण गृहमन्त्री थापा चढेको हेलिकोप्टर रामेछापको मन्थली विमानस्थलमा आकास्मिक अवतरण गराइएको थियो ।


नेपाली सेनाको एमआई ०५६ हेलिकोप्टर मन्थली विमानस्थलमा अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले बताए ।उनले मौसम नखुलेपछि गृहमन्त्री थापा काठमाडौं फर्किएको जानकारी दिए ।

हेलिकोप्टरमा गृहमन्त्री थापासँग गृह सचिव प्रेमकुमार राई पनि थिए ।

प्रकाशित मिति: : 2019-09-28 16:15:23

प्रतिकृया दिनुहोस्